अब दक्षिण–पूर्वी एशियाका देशमा कोरोना संक्रमणको खतरा

विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ० ले चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसले अहिले युरोपियन देशका भिषण महामारीको रुप लिएको जनाएको छ ।

चीनपछि अहिले इटाली सबैभन्दा बढी कोरोना संक्रमणको मारमा रहेको छ । इटालीमा बुधबार मात्रै ४४५ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।

डब्ल्युएचओले अब कोरोना भाइरसको महाभारी दक्षिण–पूर्वी एशियाका देशहरुमा देखिने भन्दै समयमै क्षति न्युनिकरणका लागि समयमै सचेत हुन चेतावनी दिइसकेको छ । दक्षिण पूर्वी एशियाकै भारत पाकिस्तानमा कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिन थालिसकेको छ ।

हालसम्म भारतमा तीन जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ । यस्तै पाकिस्तानमा आज ९बिहीबार० कोरोनाबाट दुई जनाको ज्यान गएको छ । यता नेपालमा भने हालसम्म कोरोनाको एक जना संक्रमित देखिएको भए पनि उनी निको भएर घर फर्किसकेको सरकारले जनाएको छ ।

नेपालमा हालसम्म पाँच सय बढीको कोरोनाको नमूना परीक्षण गरिएको भए पनि कसैमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यी हुन् हालसम्म कोरोना भाइरसको संक्रमण नदेखिएका १८ देश

आज ९बिहीबार० सम्म उतर कोरिया, बर्मा, तुर्किमिनिस्तान, मदागास्कर, मोजाम्बिक, जिम्वावे, बोत्साना, एङ्गेला, दक्षिण सुडान, चाड, लिविया, नाइजर, माली, यमन, सिरिया, किर्गिस्तान, पपुवान्यूगिनी र भ्याटिकनसिटीलगायतका देशमा कोरोना संक्रमणका बिरामी फेला परेका छैनन् । यी देशले हालसम्म आफ्नो देशमा कोरोना भाइरस संक्रमित बिरामी भेटिएको औपचारिक जानकारी दिएका छैनन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार