इटालीमा कोरोनाभाइरसको संक्रमणबाट ६१ जना डाक्टरहरुको मृत्यु भएको इटालीको डाक्टरहरुको संगठनले जनाएको छ ।

इटालीको नेशनल इन्सिटिच्युटका अनुसार ८ हजार ३५८ जना स्वास्थ्यकर्मी कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।मृत्यु भएका ६१ डाक्टरमध्ये ४० जना लोम्बार्डी क्षेत्रका रहेका छन् । यो क्षेत्रमा सबैभन्दा बढी कोरोनाभाइरसको संक्रमण फैलिएको छ ।

इटालीमा ९७ हजारभन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् । विश्वमा अमेरिकापछि इटालीमा सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् । इटालीले चाँडै नै १ लाखको कोशेढुंगा पनि पार गर्ने देखिएको छ ।एजेन्सी

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार