नेपालमा हालसम्म कोभिड १९ (कोरोना भाइरस) को परीक्षण जम्मा १ हजार ६५६ जनामा मात्र गरिएको छ । जसमध्ये हालसम्म ९ जनामा बाहेक अरु सबैमा कोरोना भाइरस नेगेटिभ देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पहिलोपटक चीनको वुहानबाट नेपाल आएका एक विद्यार्थी कोरोना भाइरसको संक्रमण भेटिएको गत माघ १० गते पुष्टि गरेको थियो । पहिलोपटक कोरोना भेटिएका ती युवा भने निको भइसकेका छन् ।

नेपालले देशव्यापी लकडाउन गरेको पनि २ साता पुग्न लाग्यो । यस अवधिमा शंस्कास्पदको व्यापक परीक्षण गर्न जनस्वास्थ्य विज्ञ तथा विश्व स्वास्थ्य संगठन समेतले सुझाउँदै आएका छन् ।आइतबारसम्म नेपालमा १,६५६ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । जसमध्ये १,६३३ जनामा संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ ।

कोरोनाको आशंकामा ११३ जनालाई आइसोलेसनमा अलग्गै राखेर उपचार भइरहेको मन्त्रायले जनाएको छ ।

पहिलोपटक स्थानीय स्तरमै कोरोना संक्रमण भएको पुष्टि मन्त्रालयले शनिबार गरेको थियो । धनगढीमा यसअघि कतारबाट फर्किएका युवक ९जसमा कोरोना संक्रमण देखिएको थियो० का नातेदारमा पहिलो स्थानीय संक्रमण भएको देखिएको हो । अन्य सबै संक्रमण भने विदेशबाट नेपाल फर्किनेहरूमा मात्रै देखिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार