काठमाडौं , विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणको लागि विश्वभर गरिएको लकडाउन हतारमा हटाउन नहुने विश्‍व स्‍वास्‍थ्‍य संगठनले जनाएको छ । विश्‍व स्‍वास्‍थ्‍य संगठनले विश्वभर गरिएको लकडाउन हटाउन हतार गरेमा कोरोना घातकरुपमा फैलिनसक्ने बताएको छ ।

कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुने र संक्रमित हुनेको संख्या तीव्र रुपमा बढेकाले यस्तो अवस्थामा हतारिएर लकडाउन हटाउन नहुने र हटाएमा घातक हुने विश्‍व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।

बीबीसीका अनुसार विश्‍व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अदानम गिब्रियेससले सबै मुलुकले लकडाउन हटाउने बारेमा विचार गर्नुपर्ने बताए । उनले केहि देशमा लकडाउन खुकुलो बनाएकोमा असन्तुष्टी समेत जनाएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार