नोवेल कोरोना भाइरस (COVID-19) को संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि हल्दिवारी गाउँपालिकालाई १ लाख मुल्य बराबरको पिइपी ( PEP) तथा थर्मगन तिम्सिना सर्जिकल काठमाडौले सहयोग गरेको छ। हल्दिवारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरिलाई उक्त पिइपी १० थान ,थर्मगन १तथा मेडिकल मास्क सर्जिकलका प्रोपाइटर कुमार तिम्सिनाले हस्तान्तरण गरेका हुन ।

हल्दिवारी २ का तिम्सिना लामो समय देखि काठमाडौमा सर्जिकल व्यवसाय गर्दै आएका थिए ! तिम्सिनाले आफ्नो ठाउँका स्वास्थ कर्मचारीलाई अति आवश्यक पर्ने सामाग्री उपलब्ध गराएर ठुलो सहयोग गरेको उपाध्यक्ष गिरिले बताए ।

 

हल्दिवारी गाउँपालिकामै एउटा मात्र थर्मलगन (सुमन मैनाली)ले सौजन्य गरेको ले काम चलाई रहेकोमा आज थपिएको पिइपी र थर्मलगनले ठुलो सहयोग पुगेको गाउँपालिका प्रवक्ता तथा क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक सागर पोर्तेलले बताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार