काठमाडौँ। विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले विश्वका ५२ मुलुकमा २२ हजारभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना भाइरस ‘कोभिड–१९’ को संक्रमण देखिएको बताएको छ।

शनिबार सार्वजनिक गरिएको डब्ल्यूएचओको प्रतिवेदनले गत अप्रिल ८ सम्ममा विश्वभरका ५२ मुलुकमा २२ हजार ७३ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको बताएको हो।डब्ल्यूएचओका अनुसार अहिलेसम्म सबै मुलुकबाट स्वास्थ्यकर्मीलाई भएको संक्रमणको विषयमा यकिन जानकारी आउन नसकेको कारण यो संख्या अझै बढी हुन सक्ने डब्ल्यूएचओले बताएको छ।

डब्ल्यूएचओले अहिले विश्वभरका स्वास्थ्यकर्मीले कोरोना भाइरसको नियन्त्रणको लागि महत्वपूर्ण भूमिका निभाइरहेको बताएको छ।कोरोना भाइरसबाट बच्न बिरामीको उपचारमा जाँदा संगठनले सिफारिस गरेको सुरक्षाको उपकरणको प्रयोग गर्न स्वास्थ्यकर्मीहरुलाई डब्ल्यूएचओले सुझाव दिएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार