कमला भट्टराई- भद्रपुर / जनतान्त्रिक तराई मुक्ति मोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)ले संयुक्त बिज्ञप्ति जारी गर्दै भनेको छ मुक्ति कामी जनसमुदाय, हाल नेपाल सहित सम्पूर्ण विश्वमा कोरोना भाइरसका मृत्यु-वरण गरेका सम्पूर्ण जनमानसको आत्माको चिर-शान्तिको कामनाका साथ श्रद्धान्जली अर्पण गर्नुका साथै बिरामी सबैको सिघ्र-स्वास्थलाभको कामना र कोरोना वैश्विक महामारीबाट आक्रान्त एवं त्रस्त विश्व जगतलाई पशुपतिनाथको कृपाले छिटै सामान्य अवस्थामा फर्कियोस भन्ने प्रार्थना गर्दछौं ।

बिज्ञप्तिमा अगाडीभनिएको छ- बिगत एक वर्षदेखिको निरन्तर छलफल, बहस, अन्तरक्रिया, बिचार-विमर्श र अघोषित कार्यगत एकतालाई देश, समय, परिस्थिति र आम मुक्ति कामी नेपाली जनताको चाहना एवं मांग अनुसार तपशिलका संगठनहरु बीच आजैको तिथि-मितिदेखि लागु हुने गरि दुरगामी रणनीतिक एवं कार्यनीतिक कार्यगत एकता तथा मोर्चाबन्दीको घोषणा गर्दछौं,।

मोर्चाका राष्ट्रिय अध्यक्ष मनोज मुक्ति बिबेक र राप्रपा(लोकतान्त्रिक) का अध्यक्ष लाक्पा तामांगब्दरा हस्ताक्षरित बिज्ञप्तिमा हाम्रो मोर्चाको नाम “राष्ट्रिय जनतान्त्रिक गठबन्धन” रहने कुरामा हामी एकमत छौं, “राष्ट्रिय जनतान्त्रिक गठबन्धन” मा सामेल सबै राजनीतिक संगठनका “राष्ट्रिय अध्यक्ष” सम्मिलित यसको एक “केन्द्रिय सचिवालय” गठन गरिएको छ र गठन्धनको सम्पूर्ण काम, कार्यबाही, गतिविधीहरु सचिवालय सदस्यहरुको सामुहिक सर्व-सहमतिको निर्णय कै आधारमा हुने कुरामा जोड दिएको छ ।

“जनतान्त्रिक तराई मुक्ति मोर्चा” द्वारा “राष्ट्र बचाउ अभियान” तहत घोषणा गरिएको “प्रथम चरणका दबाबमूलक विविध कार्यक्रमहरुको” स्वामित्व ग्रहण “राष्ट्रिय जनतान्त्रिक गठबन्धन” गर्दछ र “राष्ट्र बचाउ अभियान” को अब उपरान्तका सबै कार्यक्रमहरु “राष्ट्रिय जनतान्त्रिक गठबन्धन” को निर्णय एवं निर्देशन बमोजिम गर्ने-गराउने र हुने पनि सहर्ष जानकारी संयुक्त गठबन्धनले गर्ने उल्लेख बिज्ञप्तिमा छ।

बिज्ञप्तिले नेपाल र नेपालीको हित सोंच्ने सम्पूर्ण क्रान्तिकारी, बुद्धिजीवी, राजनीतिका दल, बिभिन्न अभियानीहरु तथा धार्मिक, व्यवसायिक, पेशागत, जातीय, क्षेत्रीय सामाजिक संगठनहरु लगायत सम्पूर्ण नेपालीलाई यस “राष्ट्रिय जनतान्त्रिक गठबन्धन” मा सहभागी हुन् र राष्ट्रलाई सहि दिशा दिनमा सक्रिय नेतृत्वदायी भूमिका निर्बाह गर्न पनि हामी सार्वजनिक आवहान/अपील गररिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार