सम्बाददाता-इटहरी/ लकडाउनको दुई महिना पुरा भएको अवधिमा बराहक्षेत्र नगरपालिकाले राहत वितरण, कोरोना संक्रमणको जाँच लगायतका गतिविधिको समीक्षा गर्न सोमवार बसेको नेपाली कांग्रेस नगर समितिको भेलाले नगरपालिकाको काम कार्वाहीप्रति असन्तुष्टि प्रकट गरेको छ ।

भेलाले वडाहरुमा विपन्न वर्गलाई राहत वितरण गर्दा जनप्रतिनिधिहरुले राजनीतिका पुर्वाग्रहपूर्ण काम गरेको निष्कर्श निकाल्दै स्थानीय सरकारको कामप्रति असन्तुष्टी प्रकट गरिएको हो । अन्तरकृयात्मक भेलामा कांग्रेसका जनप्रतिनिधि, स्थानिय नेताहरु सहभागी थिए । उनिहरुले स्थानिय सरकारले गरेको कामहरु राजनीतिक पार्टीले चुनावी प्रचार जस्तो भएको बताउँदै नेकपा र कांग्रेसवाट निर्वाचि जनप्रतिनिधिहरुले जनप्रिय काम गर्ने नसकेको आरोप लगाए ।

भेलामा बढ्दै गएको कोरोना संक्रमणको रोकथामका लागि नगरपालिकाले क्वारेन्टाइन बनाएको आवश्कता भन्दा बढी प्रचार गरेपनि कोरोना जाँच गर्ने काममा भने लापरवाही गर्दै आएकोले बराहक्षेत्रमा संक्रमणको जोखिम बढेको बारेमा सजग गराउनु पर्नेमा पनि जोड दिइएको थियो । नेपाली कांग्रेस वडा १० सभापति तेजबहादुर गुरुङ्गले वडा ११ को राहत बितरण र हावा महलमा डियुटि गर्दै आएको शसस्त्र प्रहरीका हबल्दार लाई कोरोना संक्रमण पुष्टि भएपछि प्रकाशपुर र मधुबनवासी आतङकित भएको बताउँदै उनले भने ‘कोरोना संक्रमणको पुष्टि भएका हबल्दारको ससुराली घर पनि प्रकाशपुर भएको र उनी नियमित प्रकासपुर र मधुवम आवत जाबत गर्ने भएकाले स्थानिय आतंकित भएका छन् ।’

नगरपालिकाले उनि संग सम्पर्कमा आएका आफन्त, मानिसहरुको कोरोना परिक्षण गराउन गम्बिर भएको छैन् । स्थानिय सरकारको यस्तो लापरवाहीले संक्रमणको जोखिम बढेको उनको भनाई छ । कांग्रेस वडा ३ का वडा अध्यक्षका प्रत्यासी तिलक कार्कीले वडामा वडा कार्यालय भवन बनाउनै भन्दै वडा अध्यक्षले दुई ठाउँमा शिल्यनास गरेर जनतालाई दुबिधामा पारेको बताए ।

उनले भने ‘भानु चौकमा वडा कार्यालय बनाउन दाताले जग्गा पास गरिदिएको छ, कहिले इक्राईमा वडा कार्यलय उपयुक्त भन्दै प्रचार गर्छन्, कहिले नडाहा चौकमा वडा कार्यलय भन्दै शिल्यनासनै गरेका छन् ।’ वडाध्यक्ष आफैले अन्य प्रयोजनका लागि भन्दै मुसहरीमा पनि भवन शिल्यास गरेको बताउँदै अन्य प्रयोजन भनेको के हो ? प्रश्न गर्दै कार्कीले अपारदर्शी कुरा गरेर वडाबासीलाई अल्मल्याउने र टोल टोलका बिच व्दन्द र सामाजिक एकतामा भाँड्ने काम गरिरहेको आरोप लगाए ।

उनले नेकपा बाट निर्वाचि वडाध्यक्ष र नगर प्रमुखका बिच व्यक्तिगत फाइदाका लागि वडा कार्यलयको विवाद भएको दाबी गर्दै उनले यस कारण वडाबासीको चाहना र सबैको पायक पर्ने ठाउँमा वडा कार्यलय भवन निर्माण गर्नुपर्ने आवश्यकता ओझेलमा परको बताए । मेयर निलम खनालसंग वडा कार्यलयको बिषयमा डेलिगेसन जाँदा मेयरले वडा कार्यलय मुसहरीमा नै निर्माण हुने भनेर दाबि गरेको समेत उनले खुलासा गरे ।

नेपाली कांग्रेसका महासमिति सदस्य बाबुराम बिष्टले कोरोना जस्तो महामारीमा पनि सरकारले पुर्ण रुपमा जिम्मेवारी बहन गर्न नसकेको दुःख ब्यक्त गरे । नेपाल बिद्यार्थी संघका नेताहरु सहदेब काफ्ले, रोहित काफ्ले र तिर्थराज भट्टराईले अब पार्टी एक ढिक्का भएर अगाडि बढ्नु पर्नेमा जोड दिए । उनिहरुले युवा जोस देखाएर कार्यक्रता पङक्ति लाई एक बनाएर लैजान आग्रह गरे । कांग्रेस वराहक्षेत्रका सभापति नारायण नेपालको अध्यक्षतामा भएको भेलामा कांग्रेस क्षेत्र ४ का सचिब रमेश कार्कीले जनप्रतिनिधिहरुले जनमुखी काम गर्न नसकेको आरोप लगाए ।

उनले कांग्रेसवाट निर्वाचि जनप्रतिनिधिहरु पनि जनमुखी हुन नसकेको बताए । वडा ६ का वडा अध्यक्ष उद्बव पोखरेलले मेयर निलम खनालले जनप्रतिनिधिहरु लाई समान व्यवहार नगरेको मुख हेरेर काम गर्ने गरेको आरोप लगाए । कांग्रेस महासमिति सदस्य अनु गरुङले नगरमा नेताहरु एक हुन नसक्दा कार्यकार्ताको उत्साहमा कमी भएको बताइ । क्षेत्र ४ प्रदेश सभा क का सभापति उपेन्द्रबहादुर कट्बालले नगरपालिकामा भएको बेथिति र बिकृतीका विरुद्ध वराहक्षेत्र कांग्रेस एक ढिक्का भएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

उनले व्यक्तिगत स्वार्थका लागि गुट बनाउने चलन त्यागेर सबै एक जुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिए । भेलामा क्वारेन्टाइन बैज्ञानिक र सुबिधा सम्पन भए नभएको अनुगमन गर्न जरुरी भएको निश्कर्ष निकालेको छ । साथै वराहक्षेत्र वडा १० र ११ मा कोरोना परिक्षण लाई फराकिलो बनाउनु पर्ने, वडा कांर्यलयको दुबिधा हल गरी सबैको पायक पर्ने स्थानमा कायम गरिनु पर्ने निश्कर्ष निकालिएको नगर सचिब अम्बर कट्वालले बताएका छन् ।

भेलाले नगरपालिका संग पार्टीको डेलिगेसन गएर भेलाले निकालेको निश्कर्षहरुका बारेमा छलफल गर्न नगर सभापति नेपालको संयोजकत्वमा एक टोली गठन गरिएको छ । साथै पार्टीका सहसभापति जगदबहादुर कार्कीलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरेको छ । भेला वराहक्षेत्र–७ स्थित सामुदायिक भवनमा भएको हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार