इटहरी/रुकुमको चौरजहारीमा दलित युवाहरुको सामुहिक हत्याको घट्ना २१ औं शताब्दीमा कल्पनासम्म पनि गर्न नसकिन अमानवीय जातीय नरसंहारको अपराधिक कुकृत्य भएको भन्दै जनता समाजवादी पार्टी निकट पहिचान जनित १० प्लस १ समितिहरु जारी संयुक्त विज्ञप्तीमा जातीय विभेदको निकृस्ट, क्रुर अपराधिक घट्नाप्रति घोर भत्र्सना गरेको छ ।

विहीवार जारी विज्ञप्तीमा भनिएको छ ‘अन्तरजातीय विवाहको प्रयत्न गर्दा नवराज बिक सहित ४ जनाको शिल्पी (दलित) भएकै कारणले मारिएको घट्नाले यो मुलुकमा जातीय विभेदको अन्त्यका लागि पटक पटक आन्दोलनहरू भएपनि कथित् उपल्लो जातको अपराध झन संस्थागत भएर गएको छ ।’

संविधानतः संघीय लोकतान्त्रिक गणतन्त्रत्मक धर्मनिरपेक्ष राज्य नेपालमा मनुवादी परम्परा अनुसार नै शिल्पी समुदायमाथि अन्याय, अत्याचार, हत्या र हिंसा भइरहेको छ । मनु वर्णाश्रम व्यवस्थालाई परास्त नगरेसम्म शिल्पीहरू यसैगरी हत्या हिंसाको शिकार भइरहने देखिएको उल्लेख गर्दै विज्ञप्तीमा वर्णाश्रम ब्यावस्था समाजलाई विभाजन गरेर शासन गर्ने परम्परागत दास तथा अर्धदास प्रथाको निरन्तरताका रूपमा रहेको जातीय विभाजनको चरम रूप भएको र यस्ले मानिसलाई मानिसका रूपमा नहेर्ने, रंग र जातिका आधारमा विभेद गर्ने दासयुगीन परम्परा भएकोले अब यस्को जरा उखेलीनु जरुरी भएको बताइएको छ ।

शासकहरुले जति नै आदर्शका मिठा कुरा गरेपनि विभेद मन भित्र लुकाएको र घरमा, समाजमा, वर्ग, जाती, लिङ्ग, वर्ण, धर्मको नाममा बढाएको आरोप लगाउँदै विज्ञप्तीमा नेपालमा यस्ता घृणित, पासविक र क्रुर घट्नामा संलग्न कथित उपल्लो जातका अपराधीले अहिले पनि त्यही सत्ताको साथ पाइरहेका उल्लेख छ ।

उक्त घट्नाले शान्ति सुरक्षा कायम गर्न सरकार असफल मात्र नभएर राज्य विहीनता देखीएको स्पष्ट संकेत गरेकोले घट्नामा संलग्न अपराधीहरु जिम्मेवार ब्याक्तीहरु रहेकोले सत्तापक्षले अपराधीहरुलाई जोगाउने प्रयत्न गर्ने आशंका प्रकट गरिएको छ । विज्ञप्तीमा यसर्थ तत्काल सर्वपक्षीयरसर्वदलीय छानविन समिति गठन गरी सत्यतथ्य विवरण सार्वजानिक गर्न र अपराधीहरूलाई अविलम्ब हदैसम्मको कार्बाही गर्न माग गरिएको छ ।

विज्ञप्ती लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिम, किरात राष्ट्रिय समिति अध्यक्ष जुद्द ढाक्रे, शेर्पालुङ राष्ट्रिय समिति इञ्चार्ज लाक्पा शेर्पा, मधेस राष्ट्रिय समिति अध्यक्ष सांसद जयराम यादब, ताम्सालिङ राष्ट्रिय समिति अध्यक्ष कृष्ण घलान, नेवाः राष्ट्रिय समिति अध्यक्ष मनरत्न शाक्य, शिल्पी विशेष प्रदेश समिति अध्यक्ष दलमर्दन कामी, तमुवान राष्ट्रिय समिति अध्यक्ष हुम तमु, मगरात राष्ट्रिय समिति इञ्चार्ज सरुन बाठा मगर, खसान राष्ट्रिय समिति अध्यक्ष हेमन्त मान्डब्य, थरुहट राष्ट्रिय समिति अध्यक्ष होरिलाल चौधरीले संयुक्त रुपमा जारी गरेको हुन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार