सम्बाददाता,झापा/जनतान्त्रिक तराई मुक्ति मोर्चा द्वारा पुर्व घोषित विविध बिरोध एवं दबाबमुलक कार्यक्रम अनुसार गणतन्त्र दिवस कै दिन गणतन्त्र र गणतन्त्रवादीको पुतला जलाईयो, जनतान्त्रिक तराई मुक्ति मोर्चाको पहल र मोर्चाका राष्ट्रिय अध्यक्ष डा. मनोज मुक्ति “विवेक” कै नेतृत्वमा अहिले राष्ट्रब्यापी रुपमा “राष्ट्र बचाउ अभियान” को थालनी भएको छ र व्यापक जनसमर्थन पनि प्राप्त भईरहेको छ, त्यसैक्रममा मोर्चा कै अगुवाईमा “राष्ट्रिय जनतान्त्रिक गठबन्धन” को निर्माण गरिएको छ !

आज गणतन्त्र दिवस कै दिन देशैभर प्रधानमन्त्री एवं पुर्व प्रधानमन्त्रीहरु के. पि. ओली, प्रचण्ड, शेर बहादुर देउवाको समेत पुतला जलाईयो !

आजको कार्यक्रमहरुको नेतृत्व मोर्चाका राष्ट्रिय अध्यक्ष डा. मनोज मुक्ति “विवेक” एवं मोर्चाका केन्द्रिय नेता तथा विशेष ईन्चार्चहरु श्रीमति नगीना कुमारी झा, दिपक सिंह, दिवस सिंह लगायतका ले आ-आफ्नो गृह जिल्लाहरु तथा कार्यक्षेत्र हरुमा गरेको जानकारी प्राप्त भएको छ !

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार