नरेन सुब्बा- इटहरी/ रुकुमको चौरजहारीमा भएको दलित युवाको सामुहिक हत्याकाण्डमा पीडित पक्ष लाई न्याय दिलाउन हत्यामा संलग्न दोषी उपर विभेद विरुद्धको कानुन अक्षरस प्रयोग गरिनुपर्ने माग गर्दै राष्ट्रिय दलित पत्रकार संघ सुनसरीले शुक्रवार विरोध प्रदर्शन गरेको छ । धरान–१३ स्थित इलाका प्रशासन कार्यालयको प्रवेशव्दारमा धर्ना दिर्दै सञ्चारकर्मीले दिउँसै मैनबत्ती बालेर सरकारको ध्यानाकर्षण गराउन विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनमा नेपाली कांग्रेस नगर सचिव श्याम पोखरेल, नेकपा नगर इञ्चार्ज चोत्लुङ, आदिबासी जनजाति पत्रकार महासंघ प्रदेश सल्लाहकार जनकऋषि राई सहित नेपाल पत्रकार महासंघ, नेपाल फोटो पत्रकार महासंघ, किरात राई पत्रकार संघ, क्रिश्यिचन पत्रकार संघ, क्रिश्चियन समाज सहित दलित विकाश समितिमा आवद्ध जातिय संगठनहरु, सञ्चारकर्मीहरु ऐक्यबद्धता जनाउँदै सहभागी भएका थिए । विश्वकर्मा कल्याण सेवा समितिका अध्यक्ष लालबहादुर सुन्च्येरीले कथित उपल्लो जातका पिडकलाई कारवाहीको माग गर्दै विभेद विरुद्धको कानुन अनुसार दोषीहरु उपर कारवाही अघि नबढाए आन्दोलनमा उत्रने चेतावनी दिए ।

राष्ट्रिय दलित पत्रकार संघ सुनसरीका अध्यक्ष दिनेश गजमेरले दिउँसै मैनबत्ती बालेर अध्यारोमा रहेको सरकारको ध्यानाकर्षण गराएको बताउँदै भने ‘दलितहरूमाथि हुने घटनामा सरकार अझै पनि अध्याँरोमै रुमल्लिरहेको छ, त्यसैले दिउँसै बत्ती बालेर सरकारको ध्यानाकर्षण गराइएको हो ।’ उनले चौरजहारीको घटनामा संलग्नहरु उपर विभेद विरुद्धको कानूनी अन्तर्गत प्रक्रिया अगाडि बढाउनु पर्ने माग गरे ।

संघका प्रदेश समिती सचिव रणध्वोज लोहारको नेतृत्वमा भएको विरोध प्रदर्शनका विच सामुहिक आक्रमणमा मृत्यु भएका ५ जना युवाको तस्विरमा श्रद्धान्जली अर्पण गरी दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो । संघको केन्द्रिय समिति व्दारा निर्धारीत विरोध कार्यक्रम अनुसार देशका ७७ वटै जिल्ला संगठनहरुले पायक पर्ने जिल्लाका प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनस्थलमा उपस्थित भई इलाका प्रशासन प्रमुख चन्द्र कार्कीले चोरजहारी घटनामा संलग्न २० जना विरुद्ध किटानी जाहेरी दिएकोमा हालसम्म घटनामा संलग्न भएको आशंकामा वडाध्यक्ष सहित १८ जनालाई नियन्त्रणमा लिइसकेको बताए । २ जना फरार छन् । घट्नाको छानबिनका लागि सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । समितिले सत्यतथ्य छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाए अनुसार पिडकलाई कारवाही प्रक्रिया बढ्नेमा आशावादी रहन उनले आग्रह गरे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार