झापा/ सञ्चारका क्षेत्रमा कृयाशील आदिबासी जनजाति समुदायका सञ्चारकर्मीहरुको शसक्तिकरण गर्दै क्षमता विकासका लागि आवश्यक प्रतिक्षण लगायतका कार्यक्रमका लागि प्रदेश १ साथै स्थानिय सरकार उपमहानगरपालिकाहरु लाई आगामी आर्थिक वर्षको बजेटमा आवश्यक विनियोजन गर्न प्रस्ताव गरिएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको टोलीले प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राई र धरान र इटहरी उपमहानगरपालिका लाई प्रस्तावपत्र बुझाएको हो । विराटनगर स्थित प्रदेश १ को मन्त्री परिषद कार्यालयमा मुख्यमन्त्री राइलाइ फोनिज प्रदेश १ का अध्यक्ष अर्जुन जम्नेली राइको नेतृत्वमा गएको टोलीले सञ्चार क्षेत्रमा कृयाशील आदिबासी जनजाति सञ्चारकर्मीको शसक्तिकरणका लागि प्रस्तावित कार्यक्रम तथा लागत अनुमान सहितको प्रस्ताव पत्र बुझाएको छ ।

प्रस्ताव पत्रमा फोनिज प्रदेश १ भबन निर्माणका लागि अनुदान, आदिवबासी जनजाति पत्रकारहरु लाई पत्रकारीता, फिचर लेखन लगायत तालिम कार्यक्रमको विवरण तथा लाग्ने खर्चको बजेट उल्लेख गरिएको छ । फोनिजको उक्त टोलीले धरान र इटहरी उपमहानगरपालिकामा पनि स्थानिय आदिबासी जनजाती सञ्चारकर्मीहरुका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न प्रस्ताब पेश गरेको छ ।

धरानमा मेयर तिलक राइलाइ प्रस्ताव हस्तान्तरण गरिएको हो । साथै इटहरी उपमहानगरपालिकाका प्रमुख व्दारिकलाल चौधरी लाई प्रस्ताव बुझाइएको फोनिज प्रदेश १ समितिले जनाएको छ । टोलमा फोनिज प्रदेश १ उपाध्यक्ष फिपराज बेघा लिम्बू, प्रदेश सदस्य बिना तामाङ, प्रदिप चौधरी, सुनसरी अध्यक्ष धिरेन्द्र चौधरी, उपाध्यक्ष बिनय प्रधान लगायको संलग्न थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार