काठमाडौँ– जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीलाई प्रहरीले भारत जानबाट रोकिदिएको छ । मंगलबार सिरहाको ठाडी नाका हुँदै भारत जान लागेकी सांसद गिरीलाई प्रहरीले सिमामा नै रोकेको हो ।

उक्त नाका भारतले आफ्नो देश छिर्न खुला गरेको नाका नभएकाले उनलाई प्रबेश गर्न नदिइएको बताइएको छ । सिरहाका प्रहरी प्रमुख एसपी उमाशंकर चतुर्वेदीका अनुसार ठाडीबाट प्रवेश गर्न भारत सरकारको अनुमती नभएकाले उनलाई प्रबेश गर्न प्रहरीले रोकेको जनाइएको छ ।

सांसद गिरी अनुमति नभएको नाकाबाट भारत जान खोजेपछि प्रहरीले रोकेको जनाइएको छ । उनले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको हो भन्ने प्रमाण नभएको बताएपछि विवादमा आएकी थिइन्।

निरन्तर राष्ट्रिय हित र सीमानाको सुरक्षाविपरित अभिव्यक्ति दिएको भन्दै केही दिनअघि उनको विरोध भएको थियो । उनले संसदमा आफ्नो संशोधन प्रस्ताव प्रस्तुत नगरिएपछि बैठक छोडेर पनि हिडेकी थिइन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार