काठमाडौं , नेपालमा थप एक जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिला रहेकी छन् ।

यससँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।उनको सोमबार राति कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको हो। वडाध्यक्ष भद्रबहादुर बस्नेतका अनुसार उनको मृत्यु हुनुअघि लिइएको स्वाब परीक्षणको रिपोर्ट मंगलबार बेलुका पोजेटिभ आएको हो ।

उनी दीर्घ रोगी भएको जनाइएको छ । उनको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार