काठमाडौँ – बिसं २०७६ सालको एसईईको नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको नतिजा भर्खरै प्रकाशित गरेको हो।

सोमबार बसेको बोर्ड सदस्य सहितको बैठकले परिक्षाफललाई अनुमोदन गरेसँगै एसईईको नतिजा प्रकाशित भएको बताइएको छ।

यसवर्ष ४ लाख ८२ हजार ९८६ विद्यार्थीले लागि आवेदन भरेकोमा विद्यालयहरुबाट परीक्षाका लागि ४ लाख ७४ हजार ७८ जना विद्यार्थीको विवरण प्राप्त भएको बोर्डले जनाएको छ । सोही विवरणलाई बोर्डले रुजुर  ग्रेडिङ गरी प्रमाणीकरण गरेको हो । नतिजा विगतमा जस्तै टेलिफोन, एसएमएस र बेबसाइटमार्फत हेर्न सकिने छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार