कमला भट्टराई झापा , १७ असोज ।दाङको तुलसीपुरमा संचालित तरुण कप फुटसल प्रतियोगिता २०७७ को उपाधि रोट्रयाक्ट क्लब तुलसीपुरले हात पारेको छ ।

नेपाल तरुण दल तुलसीपुर ५ ले आयोजना गरेको प्रतियोगिताको शनिवार सम्पन्न फाईनल खेलमा पब्लिक ज्ञान ज्योती स्कुल तुलसीपुरलाई ३ का विरुद्ध ६ गोल अन्तरले पाखा लगाउँदै रोट्रयाक्टले उपाधी हात पारेको हो ।

उपाधिसंगै उसले तरुण कप तथा खसी प्राप्त गरेको छ । उपबिजेता बनेको पब्लिक ज्ञान ज्योती सान्त्वनामा चित्त बुझाउन बाध्य भयो । ४ टिमको सहभागिता रहेको प्रतियोगिता लिग प्रणालीमा खेलाईएको थियो, भने सबै खेलहरु तुलसीपुर स्थित द लेजेण्ड फुटसल ग्राउण्डमा भएका थिए ।

यसैबीच प्रतियोगिताको समापन समारोह नेपाल तरुण दल तुलसीपुर ५ का अध्यक्ष सुनिल डाँगिको अध्यक्षता तथा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ३ का सभापति जगत बहादुर खड्काको प्रमुख आतिथ्य एवं काङ्ग्रेस क्षेत्र नम्बर ३ ‘क’ का सभापति घनश्याम ढकालको बिशिस्ट आतिथ्यमा भएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार