– नेत्र बिक्रम बिमली
हल्दिवारी ,२० कात्तिक । झापाको हल्दिवारी गाउँपालिका -४ मा स्थापना भएको मेची पोल्ट्री प्रा.लि. ले बोइलर कुखुराको चल्ला उत्पादन शुरु गरेको छ ।
भ्यालि एगेा् फिड प्रा.लि. र झापाका युवा ब्यवसायिहरु मिलेर झण्डै ३५ करोड लगानीमा संचालित बि्डर फम बाट आफ्नो उत्पादनशुरु गरिएको प्रालिका संचालक तथा अप्रेसनल डाईरेक्टर सुबोध निरौलाले बताउनु भएको छ । उनका अनुसार अब प्रदेस -१ साथै प्रदेस -२ का बोइलर कुखुरा पालक किसानहरुले सहज रूपमा चल्ला प्राप्त गर्ने छ्न ।
हिजो सम्म बोइलर कुखुराको चल्ला काठमाण्डैा तथा नारायणगढ बाट ल्याउनु पर्ने कठिन परिस्थितिको अब मेची पोल्ट्रीले अन्त्य गर्ने डाईरेक्टर निरौलाले बताउनु भयो । प्रदेश १ कै दोस्रो ठूलो पोल्ट्री फमबाट कातिक तेसेा् सातादेखि चल्ला उत्पादन शुरु गरेको हो ।
अहिले सातामा ६० हजार भन्दा बढी र पैास अन्तिम साता बाट साप्ताहि १२०००० भन्दा बढि चल्ला उत्पादन गरि बिक्री बितरण गर्ने बताईएको छ । cobb-५०० अमेरिकन जातका कुखुराको अण्डाबाट चल्ला उत्पादन गरिएको , येा जात छिमेकि मुलुक भारत मा पाईने cobb-४०० जात भन्दा बिश्व बजारमा उतकृष्ट मानिन्छ ।
वातावरण मैत्रि अत्याधुनिक जर्मनी प्रविधिबाट बि्डर फम संचालन गरिएको छ ।धुलो र गन्ध रहित वातावरणलाई असर नपर्ने गरि पोल्ट्री फम् संञ्चालन मा ल्याइएको प्रालिको दावी रहेको छ। हल्दिवारी – ४ को नेपाल गाउँ दक्षिण १७ बिगाहा जमिनमा पोल्ट्री संचालन गरिएको छ भने करिब ४५ जना स्थानीय र १० जना अन्यले समेत नेपाल सरकारले तोकेको श्रम ऎन अनुसार सेवा सुविधा सहित रोजगारी पाएका छ्न l
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार