झापा।  कोरोना महामारीका कारण बन्द भएका शैक्षिक संस्था सञ्चालनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाटो खुलाएको छ ।

कोभिड–१९ को जोखिम नभएका र कम हुँदै गएका स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा अन्य उपयुक्त विधिबाट पठनपाठन सञ्चालनको बाटो खुलाएको हो ।

२२ कात्तिकको मन्त्रिपरिषद्को निर्णयबाट स्वीकृत ‘कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ अनुसार मन्त्रालयले स्थानीय तहलाई जोखिमको मूल्यांकन गरी क्रमशः विद्यालय खोल्न अनुमति दिएको हो । कोरोना संक्रमणको जोखिमका कारण देशभरका विद्यालयहरु बन्द छन् ।

विद्यालय सञ्चालनको कार्यढाँचामा क्वारेन्टिन, आइसोलेसन केन्द्रका रूपमा रहेका विद्यालय पुनः सञ्चालनपूर्व निर्मलीकरण गर्नु पर्नेछ । स्थानीय सरकारले एकै समयमा सबै कक्षा वा अलग–अलग समयमा अलग–अलग कक्षा सञ्चालन गर्न सक्नेछन् । तर यसरी कक्षा सञ्चालन गर्दा संघिय सरकारलाई जानकारी गराउनुपर्नेछ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार