गुरु ढकाल -इटहरी l  मान्छे मरेपछि सासले छोड्छ तर इतिहासले भने निर्मम बनेर कसैलाई पनि नछोड्ने रहेछ । किनकि मान्छे मरेपछि उसको सासले घिसार्ने होइन छोडेर हिड्छ किन्तु जीवित रहदा पनि उसको जवानी ( यौवन ) ले छोड्छ ।
मान्छेलाई रूपले छोड्छ , पराक्रमले छोड्छ , ज्ञानले छोड्छ र स्मरण शक्तिले पनि छोड्छ । त्यस्तै सम्पत्तिले छोड्छ , बैभवले छोड्छ भने सत्ता र शक्तिले छोडेपछि इराकका शक्तिशाली शासक भएर पनि सद्दाम हुसेनले मूसाले झैं दूलोमा लुक्दा लुक्दै पनि मारिनु पर्दा उनको सासले छोडयो भन्ने बुझ्नु पर्छ । इतिहास भनेको कहिल्यै नछोड्ने निर्मम हुदो रहेछ । त्यसैले दशकौ शताब्दी अघिका धोकेवाज मिरजाफर , १६ औ शताब्दीका गद्दार जयचन्द र आज भन्दा ४६ बर्ष अघि स्वतन्त्र राष्ट्र सिक्किम लाई भारतमा विलय गराउने राष्ट्रघाती काजी लेण्डुप दोर्जे लाई आजसम्म पनि इतिहासले छोडेको छैन । झण्डै दशकौ शताब्दी अघि भारतमा लोधी वंशका राजा इव्राहिम लोधीका सहोदर भाई तथा उनका प्रधान सेनापती मिरजाफर ले आफ्नै दाजु र देश लाई धोका दिदै मुगलको मतियार बने ।
उनले आफू सर्व सेनापती सहित केही राज्यको राजा बन्न पाउने लोभमा घात गरि दाजु इव्राहिम लाई मराएर मुगल राज्य बनाउना साथ तिनै मुगल सेना द्वारा उनि पनि मारिएका थिए । त्यसरी मिरजाफर मारिए तर दशौ शताब्दी पछि समेत धाेकेबाज भन्दै इतिहासले छाडेको छैन । त्यस्तै अन्दाजी १६ औं शताब्दीमा मुगल वंशीय राजाका अति विश्वास पात्र जयचन्द ले पनि इष्ट इन्डिया कम्पनीको मतियार बनेर मुगल शासनकालों अन्त्य गराउन र भारत बर्षमा शासन गराउन सात समुन्द्र पर बाट आएका अङ्ग्रेज लाई साथ दिएका थिए ।
त्यसैले उनलाई पनि गद्दार करार गर्दै इतिहासले छोड्न सकेन । त्यसैगरी आजभन्दा ४६ बर्ष अघि गणतन्त्रका लागि भन्दै सिक्किमका राजा पाल्देन थन्डुप नाम्ग्याल लाई गद्दीच्युत गरि स्वतन्त्र राष्ट्र सिक्किमको अस्तित्व समाप्त गराई भारतमा विलय गराउने काजी लेण्डुप दोर्जे पछि भागेर दिल्लीको पहाडगञ्जमा लुकेर बसे तर तिनलाई आजसम्म पनि राष्ट्रघाती भन्दै विश्वकै इतिहासले घिसार्न छोडेको छैन । त्यसैले सत्कर्म गर्ने हरूको नाम गौरवगानका साथ स्वर्ण अक्षरमा लेख्दो रहेछ भने दुष्कर्म गर्नेहरू लाई इतिहासले पाता फर्काएर घिसार्दो रहेछ भन्ने कुरा मिरजाफर , जयचन्द र लेण्डुप दोर्जेको अवस्था बाट पाठ सिक्नु पर्दछ ।
भन्न खोजेको तात्पर्य भनेको वर्तमान पद्धति विरूद्व राजसंस्था र हिन्दू राष्ट्रका पक्षमा नागरिक हरू स्वस्फूर्त सडकमा उत्रिएका छन र ये युगिन माग पनि हो। यसका लागि राम्रो काम जसले गर्दा पनि साथ , सहयोग र समर्थन गर्नु पर्दछ । तर हिजो मेरा बाउले घ्यू खाएका थिए…..मेरो हात सुङ – सुङ ….. भन्दै हिजोजे थियो आजपनि हुनु पर्दछ भन्दै अलाप गर्नुको अब कुनै अर्थ हुदैन । किनकि स्वर्ण अक्षरमा नाम लेखिने थियो तर भरोसा बाट चिप्लिए पछि “गाडी बाट मात्र होइन … धरहरा बाट हाम फाले पनि” इतिहासले घिसारेको मान्छेलाई पछि इन्द्रेको बाउ चन्द्रे आएर महादेवले सतीदेवीको लास कांधमा बोकेर हिडेझैं बोके पनि त्यो सम्भव हुदैन ।
अत: मनमा खोट र नियतमा खराबी बोकेर सबै ठाउँमा आफैं पुग्नु पर्दछ र आफ्नै नाम आउनु पर्दछ भन्ने दरिद्र मानसिकता कसैबाट देखाइयो भने त्यसले आन्दोलन लाई उत्कर्षमा पुर्याइ मिसनका लागि लक्ष्य चुम्न सहयोपुर्याउने होइन … बरू आन्दोलन बिथोल्दै तुहाउने काम बाहेक त्यसलाई अन्यथा भन्न मिल्दैन । इतिहासले आफ्नो लिङ्ग र रंग बदल्दैन । क्रान्तिले जन्माउँछ नेता । यति बुझ्यौ र ऐना पुछेर अनुहारको दाग जाँदैन भन्ने थाहा पायौं भने आन्दोलनले नेतृत्व खोज्दै घरमा आउँछ।
के अब फेरि नेपाल मा राजा आउलन त ? आये पनि जनता ले चायेको राजतन्त्र टिक्ला त ! गणतन्त्र लाई नै सबै राेगकाे अचुक अाेखती भन्नेहरू संग अब कुनै जवाफ छ ?
स्पेनमा राजा फालेर गणतन्त्र घाेषणा भएकै हाे तर अार्थिक संकट , गृहयुद्ध , अनेकता र विभाजनको कारकतत्व गणतन्त्र नै भएकाे भन्दै राजा अल्फाेन्साेका नाति हुअां कार्लाेस लाई पुन: राजा बनाएर स्पेनमा राजसंस्था फर्काइएकाे थियाे । राजसंस्था फ्याकेर धेरै देशमा गणतन्त्र ल्याएका छन तर त्याे तन्त्रले गृहयुद्ध , रक्तपात , विनाश र सन्त्रास मात्र निम्त्याएकाे हाेइन … राजसंस्था फ्याकेर गणतन्त्र खाेज्दा सिक्किमका राजा पाल्देन थन्डुप नाम्ग्याल लाई गद्दीच्युत गर्नासाथ भारतमा विलय भई त्यहाँका जनताले अाफ्नाे राष्ट्रियता नै सदाका लागि गुमाउनु पर्यो ।
इथियाेपिया मा सम्राट हेली लाई हटाएर राजसंस्थाकाे अन्त्य गर्नासाथ त्यहाँ शान्ति , प्रगति र स्थिरताकाे पनि अन्त्य हुन पुग्याे । संघीयता र गणतन्त्रका कारण इथियाेपिया टुक्रिएर इरिट्रिया नामकाे अर्काे देश जन्मियाे । गणतन्त्र लाई सबै राेगकाे अचुक अाेखती भन्दै राजसंस्था फ्याक्ने इथियाेपिया अाज भाेक र राेगले अक्रान्त हुँदै जनजीवन अस्तव्यस्त भएकाे ज्वलन्त दृश्य विश्व दुनियाँ ले हेरिरहेकाे छ । अफगानिस्तानका राजा माे. जहिर शाह लाई पदच्युत गरि त्यहीँबाट खेदियाे , गणतन्त्र भन्दै कम्युनिस्ट शासन लादियाे ।
  परिणामत:   लाखाैं जनता मारिए , लाखाैं भागेर शरणार्थी बने , शान्ति र स्थिरता हरायाे , तालेवानी र विदेशी सेना हरूकाे अफगानिस्तान परेड भूमि बन्याे गणतन्त्रकाे नाममा भाडामा गर्भ बाेक्ने हरूले जन्माएकाे सन्तान भनेकाे श्रीमद्भागवत महापुराणले भनेझैं धन्दुकारी हरूकाे राज रहेछ ….. जसकाे राप र ताप सहितकाे दुस्परिणाम नेपाली जनताले अाज भाेग्नु परेकाे हाे । त्यसैले गणतन्त्रका नाममा जता हेरेपनि निराश र हतास बाहेक जनताले अरू केही देख्न छाेडेपछि ऐतिहासिक धराेहर राजसंस्था , सांस्कृतिक सभ्यता र नेपाली माैलिक पहिचानकाे पुनर्बहाली गराउन कै लागि देशका मुख्य शहर हरू बाट हजारौं हजार युवाहरू सडकमा उत्रनु परेकाे हाे ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार