अपाङ्गता हुंदैमा व्यक्ति मानसिक तथा अन्य सबै हिसाबले पनि कमजोर नै हुन्छ भन्ने सोच गलत छ। भनेर प्रमाणित गरिदिने शारीरिक रूपमा अपांगता भएर पनि आफ्नो विशेष कला र प्रतिभाको माध्यमबाट समाजमा उदाहरण प्रस्तुत गर्ने सकिने छ ।
सफल पात्रहरुलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले नेपालमा फरक क्षमता भएका व्यक्तिहरुका लागि हुने अपाङ्गता प्रतिभा २०७७ को संयोजक विश्व साईकल यात्री सामाजिक अभियान्ता चित्र पौडेलले कार्यक्रम सफल बनाउन सबैमा अपिल गरेका छन।
फरक क्षमता भएकाहरुको विशेष प्रतिभा र कलाको सम्मान,प्रोत्साहन बढि महत्वपूर्ण हुने भएकाले उनीहरुलाई प्रोत्साहन गर्न आयोजना हुने कार्यक्रम सफल बनाउन सबैमा अपिलगदै देश तथा बिदेश रहनु भएका सम्पूर्णमा आर्थिक,भौतिक तथा सल्लाह सुझाव को अपेक्षा सहित सहयोगी हातहरू अघि बढाइदिनुहुन अनुरोध गरेका छन।
कार्यक्रममा नृत्य,गायन,चित्रकला,हस्तकला,प्रस्तुत गर्न सकिनेछ,जसलाई उत्कृष्ट प्रतिस्पर्धाका आधारमा विजेता घोषणा गराईनेछ । विजेताले एक लाख नगद सहित मुस्ताङ घुम्ने अवसर पनि पाउने अवार्ड कार्यक्रम सह संयोजक रश्मि शाक्यले जानकारी दिनु भयो ।
सहभागीताको लागि इच्छुकले :- फेसबुक पेज:- Disabilitytalent 2020 इमेल : – [email protected] सम्पर्क :- 9845411165, 9863457035 सिधै फोन गरि नाम टिपाएर अडिसनको प्रक्रिया अनुसार अभिनय गरेर वा भिडियो बनाएर पठाई सहभागी हुन सकिन्छ । ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार