सामान्यतया श्रीमानको मृत्यूपछि श्रीमतीले सिन्दूर–पोते फालेर काजकिरिया गर्नुपर्ने संस्कार छ । तर झापामा एक महिलाले पतिको निधन पछि सिन्दूर पोतेसहित काजकिरियामा बसेकी छन् ।

झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोड्दै घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बसेकी हुन । उनका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन भएको थियो ।

सत्र दिनअघि घरछेउ पैदलयात्रा गरिरहेका बेला मोटरसाइकलको ठक्करले घाइते भएपछि उनको मिर्गौलामा समस्या थपिएको थियो । दाहसंस्कारकै क्रममा पत्नीको सिन्दूर पुछिदिने र हातका चुरा फुटाइदिने प्रचलन छ तर रेनुकाले आफ्ना पतिबाट सौभाग्यको रूपमा पाएको सिन्दूर र पोते नफाल्ने बताउँदै सेतो लुगामा घर फर्किएकी थिइन् । उनको निर्णयलाई परिवार, छरछिमेकीले साहसिक निर्णय भन्दै समर्थन जनाएका छन् ।

“यो मेरा पतिले सौभाग्यको रूपमा दिनुभएको हो”,उनले भनिन्, “उहाँले म मरेपछि तिमीले सिन्दूर नपुछ्नु र पोते नफुकाउनु भन्नुभएको थियो ।” रेनुकाका देवर तथा टेलिभिजन पत्रकार टीकाराम नेतीले दाजुको इच्छाबमोजिम भाउजूले सिन्दूर र पोते लगाइरहने निर्णय लिएकोमा परिवारको तर्फबाट असहमति नरहेको जानकारी दिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार