देशबन्धु कौशिक भद्रपुर । सरकारले छरिएका परराष्ट्रसम्बन्धी नीतिहरूलाई एकीकृत गर्दै समग्र परराष्ट्र नीतिको प्रतिवेदन आइतबार सार्वजनिक गरेको छ। हरेक वर्ष परराष्ट्र मन्त्रालयले यसप्रकारको प्रतिवेदन सार्वजनिक गर्छ। आफूले गरेको कार्यलाई फाइलिङ गर्ने सूचीको रूपमा प्रतिवेदनलाई लिइन्छ। त्यसलाई सरकारले परराष्ट्र नीति सार्वजनिकको संज्ञा दिएको छ ।
मुलुक स्थिरतातर्फ गइरहेको दाबीसहित परराष्ट्र मन्त्रालयले वर्षिक प्रगति विवरणमा परराष्ट्र नीति सामेल गर्दै सार्वजनिक गरेको हो। सन् २०१९/२०२० मा कूटनीतिक क्षेत्रमा भएका दुई दर्जन उपलब्धिहरूलाई समेटेर परराष्ट्र मन्त्रालयले प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा दुई छिमेकी मुलुक भारत र चीन दुवैसँग सम्बन्ध सुधार भएको उल्लेख छ। प्रतिवेदनमा यो अवधि चीनसँगको सम्बन्धमा ऐतिहासिक भएको समेत भनिएको छ।
आन्तरिक र बाह्य परिवेशमा आएको परिवर्तनलाई सम्बोधन गर्ने गरि नीति तय गरिएको जानकारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिनुभयो। नीतिमा ऐतिहासिक सन्धि र सम्झौता तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट सीमाको समस्या समाधान गरिने विषय पनि समेटिएको छ । मन्त्राललयले हरेक वर्ष यसरी आफूले गर्दै आएको कामको प्रतिवेदन तय गर्ने गरेको छ। त्यसकै निरन्तरताको रूपमा यसलाई लिन सकिन्छ ।
नीतिमा नेपालले लामो समयदेखि अपनाउँदै आएको असंलग्न परराष्ट्र नीतिलाई निरन्तरता दिने उल्लेख छ। नीतिमा असंलग्नता भनिए पनि मुलुकपिच्छेको फरक दृष्टि र सम्बन्धले बहुपक्षीतयतामा मुलुक प्रवेश गरेको प्रतिवेदनमा उल्लेख भएको देखिदैन । मन्त्रालयले प्रतिवेदनमा केही सन्दर्भ बदलिए पनि असंलग्न परराष्ट्र नीति अझै सान्दर्भिक रहेको उल्लेख गरेको छ । आर्थिक कूटनीतिलाई नेपाल सरकारले प्राथमिकता दिंदै विश्वलाई चुनौति दिएको जलवायु परिवर्तनको मुद्दालाई पनि प्राथमिकतामा राखेको छ । नियमित कार्यलाई नीतिको एकीकृत दस्तावेज भन्नु बाहेक अन्य समग्र पक्षमा आफुले गरेको कामलाई राखिएको छ ।
सीमाको विषयमा छलफल अघि बढ्ने विषय पनि यहाँ राखिएको छ । सिमापार पेट्रोलियम पाइप लाइनको निर्माण र एकीकृत भन्सार जाँच चौकीको निर्माणको विषय मात्र होइन भ्रमण कुटनीतिलाई पनि नेपालले अघि बढाएको उल्लेख छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र त्यस क्रममा भएका महत्वपूर्ण सम्झौता र समझदारीपत्रलाई पनि प्रतिवेदनलाई प्रमुख उपलब्धी भनिएको छ । तर, त्यसमा भएको सम्झौता कहाँ पुग्यो भन्ने विश्लेषण डेक्सबाट भएको छैन् ।
फ्रान्स, नर्वे, र फिलिपिन्ससँग दुईपक्षीय परामर्श संयन्त्रको निर्माण र अन्य आठ मुलुकसँग परामर्श संयन्त्रको बैठकलाई नै कूटनीति अघि बढेको बताइएको छ। कूटनीतिक सम्बन्ध बढाएको विषयलाई पनि उपलब्धीको शिखरमा राखिएको छ। नेपालले यतिबेला १ सय ६८ मुलुकसँग कूटनीतिक सम्बन्ध राखेको छ। कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वर्ष गाँठमा भएका कार्यक्रममलाई पनि उपलब्धीको सूचीमा राखिएको छ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार