मङ्सिर २४ गते,बुधबार ।  भद्रपुरमा आज थप ३ जना संक्रमीत पाईएको छ भने बिर्तामोडमा २, दमकमा ७, मेचिनगरमा २, बुद्धशान्तिमा १, कमलमा ५, शिवसतासिमा १, अर्जुनधारामा १ र बार्हदसिमा १ गरि झापामा २३ जना नयाँ संक्रमीत थपिनुभएको छ ।
झापामा हाल सम्म ४,२३३ जना संक्रमीत हुनुभएकोछ भने ३,०९३ जना निको हुनुभएकोछ । १,०९१ जना विभिन्न अस्पतालमा र होम आईसोलेसनमा उपचाररत हुनुहुन्छ । झापामा आज २ जनाको थप मृत्यु भएर मृतकको संख्या ११९ पुगेको छ ।
मृत्यु हुनुहुनेमा शिवसतासी-१० का ८५ वर्षीय पुरुष र दमक-३ का ४१ वर्षीय पुरुष हुनुहुन्छ ।देशैभर आज १,०५६ नयाँ संक्रमित थपिनुभएको छ भने डिस्चार्ज हुनुहुनेमा १,४८३ जना हुनुहुन्छ । आज थप १४ जना कोभिड १९ को कारण मृत्यु भएर देशैभर मृतकको संख्या १,६५१ पुगेको छ ।
हाल सम्म २,४४,४३३ जना कोरोना संक्रमित हुनुभएको छ भने निको हुनुहुनेको संख्या २,३०,५३७ हुनुहुन्छ । हाल सक्रिय संक्रमितको संख्या १२,२४५ रहेकोछ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार