बिस्णु कुमारी घिमिरे – जलथल ,झापा । हल्दिवारी गाउँपालिका भित्रका सबै विद्यालयहरु संचालन हुने भएका छ्न । कोभिड – १९ का कारण चैतदेखि बन्द रहेका विद्यालयहरु आइतबारदेखि संचालन गर्न आज बसेको हल्दिवारी गाउँ शिक्षा समितिको बैठकले निर्णय गरेपछि बिधालय संचालन गर्ने बाटो खुलेको हो ।
केही हप्ता अगाडि देखि नै कक्षा ६ देखि १२ सम्म संचालनमा आएपनी आइतबारदेखि भने बाल कक्षा देखि विद्यालय संचालनमा आउन लागेका हुन । हल्दिवारी गाउँ पालिका छेत्र्मा करिब ९ हजार विद्यार्थीहरुले कोभिड -१९ का कारण लामो समय देखि विद्यालय जानबाट बन्चित हुनु परेको थियोे ।
कोरोना संक्रमण समुदाय स्थरमै फैलिरहेको अवस्थामा अभिभावक ,विद्यार्थी ,शिक्षक तथा विद्यालयहरुको भुमिकाले सहज रूपमा पठनपाठन गर्न सक्छ कि सक्दैन समयले नै देखाउने छ । गाउँपालिकाले स्वास्थ का सबै मापदण्ड पुर्याएर विद्यालय संचालन गर्न निर्देशन गरेपनी त्यो भने यश अगाडि देखिएको छैन ।
अझ आइतबारदेखि सानासाना नानीहरू को कक्षा संचालन ले भने यहाँ दुर्घटना हुन सक्दैन भन्न सक्ने अवस्था छैन ? अभिभावकको नै जोखिममा महत्त्वपूर्ण भुमिका हुने हुँदा यश बिषयमा चनाखो हुनु जरुरी देखिन्छ । तपाई हाम्रो फाइदाका कारण दुर्घटना नहोस् – आ आफ्ना नानीहरू को सुरक्षामा आफै चनाखो बनौ !
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार