मुलुकका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना रहेको अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ । वर्षा र हिमापात भएमा थप चिसो महसुस हुने मौसमविद्ले बताएका छन्

महाशाखाका अनुसार आज (आइतबार) दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना छ । राति लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमासमेत पानी पर्नसक्ने महाशाखाको अनुमान छ । भोलि सोमबारदेखि भने वाग्मती र प्रदेश १ का केही ठाउँमा समेत पानी पर्नसक्ने जनाइएको छ ।

मौसमविद् सजिना शाक्यका अनुसार नेपालमा अहिले पश्चिमी वायुको प्रभाव कायमै छ । जसका कारण मुलुकका पाँच प्रदेशमा वर्षा र हिमापातको सम्भावना रहेको हो । प्रदेश २ र लुम्बिनी प्रदेशबाहेक अन्यमा पर्सिसम्म पानी पर्ने सम्भावना छ । केही उच्च पहाडी भेगमा हिमापात र वर्षा हुने अनुमान गरिएको छ ।

तराईका जिल्लामा वर्षाको सम्भावना छ । साथै केही स्थानमा बाक्लो हुस्सुसँगै शीतलहरको पनि सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् । देशका सबैजसो उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमान गरेर यस्तो अवस्था आउनसक्ने जनाएको हो । अहिले देशका धेरैजसो ठाउँमा सामान्यदेखि आंशिक रुपमा बादल लागेको छ भने तराइका जिल्लाहरुमा कुहिरो र हुस्सु लागेको छ । तराइको कुहिरो तथा हुस्सु भने दिउँसोदेखि हटेर जाने महाशाखाले जनाएको छ । आज काठमाडौं उपत्यकामा हिजो भन्दा केही न्यानो महसुस भएको छ ।

हिजो १ दशमलव तीन डिग्री रहेको उपत्यकाको न्यूनतम तापक्रम आज ३ डिग्रीमा पुगेको छ । यस्तै पानी तथा हिमपातका कारण चिसो बढ्ने भएकोले चिसोबाट बच्न सावधानी अपनाउनका लागि मौसम पूर्वानुमान महाशाखाले अनुरोध पनि गरेको छ । महाशाखाले चिसोबाट हुने क्षति रोक्नका लागि पूर्व तयारीमा जुट्न पनि सबैमा आग्रह गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार