काठमाडौँ, पुस १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहित नेपालको नयाँ नक्सामा समेटिएको जमिन विधिवत् ढङ्गले फिर्ता ल्याइने बताउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै नयाँ पुस्तालाई सुन्दर देश, सुन्दर लोकतन्त्र र विकसित, सभ्य मुलुक सुम्पनुबाहेक आफ्नो व्यक्तिगत स्वार्थ केही नरहेको स्पष्ट पार्नुभयो ।

नेकपा काठमाडौँ जिल्ला कमिटीद्वारा शनिबार राजधानीमा आयोजित काठमाडौँ जिल्लास्तरीय कार्यकर्ता भेलामा आँधी, तुफान र बाढीझैँ निर्वाचनमा अगाडि बढ्नसमेत उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो । प्रचण्ड–नेपालले खास प्रतिगमनको तयारी गर्नुभएको र त्यसलाई रोक्नु आफ्नो बाध्यता भएको स्पष्ट पार्नुहुँदै उहाँले भन्नुभयो, “करिब दुई तिहाइको सरकार ढालेर टालटुल पारेको पुतली सरकार बनाउने तयारी थियो । ‘हर्स टे«डिङ’को त्यो राजनीति फेरि फर्काउन सम्भव छैन ।”गोरखापत्र दैनिकमा खबर छ ।

उहाँले विघटित प्रतिनिधि सभा ब्यूँतिन्छ कि रु निर्वाचन हुँदैन कि रु भन्ने भ्रमको पछाडि नलाग्न र दृढतासाथ निर्वाचन तयारीसहित जनताको बीचमा जान कार्यकर्तालाई आह्वान गर्नुभयो । आन्दोलन, पार्टी र सही विचार जोगाउनु आजको आवश्यकता भएको जोड दिनुहुँदै उहाँले मुलुक र जनताको चिन्ता छाडेर पैसा, परिवार र पदका लागि मरिमेट्नेलाई निर्वाचनमार्फत जनताले ठेगान लगाउने बताउनुभयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार