प्रधानमन्त्री केपी ओलीले विघटित प्रतिनिधि सभा पुनस्स्थापना नहुने दाबी गरेका छन् । आफूपक्षीय अनेरास्ववियुको भेलालाई आइतबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् पुनस्स्थापनाको सम्भावना नरहेको बताएका हुन् ।

‘अहिले भर्खरै सर्वोच्च अदालतमा धेरैवटा मुद्दाहरूको फिरादपत्र दर्ता गराएर आएको छु । जवाफ त दिनैपर्‍यो । चुनाव रोकी पाऊँ, मरिसकेको संसद् बौर्‍याउन पाऊँ भनेर मुद्दा हालिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘संसद् पुनस्स्थापना हुँदैन ।’ केही शक्तिहरूले चुनाव हुँदैन भनेर भ्रम फैलाउन खोजेको भन्दै प्रधानमन्त्री ओलीले चुनाव तोकिएकै समयमा हुने जिकिर गरे ।

‘मैले हिजो एउटा कार्यक्रममा बोल्दा पनि भनेको थिएँ, २०२१ मा नेपालको लोकतान्त्रिक आन्दोलनमा, वामपन्थी आन्दोलनमा एउटा महान सफलता, अग्रमनको वर्ष हुनेछ । २०७८ को वैशाखमा नयाँ निर्वाचन हुनेछ । कतिपय शक्तिहरूले भ्रम फैलाउन खोजेका छन्, चुनाव हुन्न भनेर । चुनाव वैशाख १७ र २७ गते हुन्छ । यस चुनावलाई टार्न, पर सार्न र अल्मल्याउन कसैले सक्नेछैन । चुनाव तोकिएकै समयमा हुन्छ ।’

ओलीले पार्टीबिरुद्ध ३ सय १५ बैठक भएकोमध्ये २ सय ८० बैठक खुमलटारमा बसेको दावी गरे । उनले प्रचण्डले पार्टीविरुद्ध अगेनाको डिलमा समेत बैठक बसेको उल्लेख गरे । उनले पार्टीका नेताहरु कसरी सरकारलाई असफल पार्नका लागि मात्रै बैठक बस्ने गरेको दावी गरे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार