न्यूज व्यूरो-  तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता हुँदा मोरङ जिल्लाले १० जना केन्द्रीय सदस्य पाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भएको छ । विभाजनपछि दस केन्द्रीय सदस्यमध्ये आठजना प्रचण्ड–माधव समूहमा लागेका छन् ।

दुईजना ओली समूहमा लागेका छन् । केन्द्रीय सदस्यहरू गुरु बराल र विनोद ढकाल ओली समूहमा लागेका हुन् । केन्द्रीय सदस्य सावित्रिकुमार काफ्ले, घनेन्द्र बस्नेत, महेश रेग्मी, शिवकुमार मण्डल, गोपीबहादुर अछामी, जीवन घिमिरे, लालबाबु पण्डित र देउमान सम्वाहाम्फे प्रचण्ड–माधव समूहमा लागेका हुन् ।

ओली पक्षका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारमा रहेका सामाजिक विकास मन्त्री घिमिरेले पदबाट यसअघि नै राजीनामा दिएका थिए । ओली समूहमा रहेका सम्वाहाम्फेले पनि संसद् विघटनपछि कित्ता परिवर्तन गरेर प्रचण्ड–माधव समूहमा लागेका हुन् । रेग्मीले दुई सय छ सदस्यीय नेकपा मोरङको जिल्ला कमिटी रहेकोमा पूर्व माओवादीका नेता एवं नेकपाका जिल्ला सचिव गणेश उप्रेती ‘सुशील’सहित एक सय १४ जना दाहाल–नेपाल समूहमा रहेको दाबी गरे ।

प्रचण्ड– माधव समूहको दावीअनुसार जिल्ला कमिटीभित्र ओली समूहमा ९२ जना मात्रै छन् । ओली समूहले पनि जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलसहित बहुमत सदस्यहरू आफ्नो पक्षमा रहेको दावी गरिरहेको छ । जिल्ला कमिटीकै मान्यता पाएको विराटनगर महानगर कमिटी एक सय ४६ सदस्यीय थियो । सचिव हेम कार्कीसहित ८९ जना दाहाल–नेपाल समूहमा छन् । ओली समूहमा ५७ जना छन् ।

तर, ओली समूहमा रहेका महानगर अध्यक्ष सागर थापाले आफूसहित बहुमत सदस्य आफ्नोमा रहेको दाबी गरे । नेकपाका मोरङ इन्चार्ज घनेन्द्र बस्नेत र विराटनगर इन्चार्ज शिवकुमार मण्डल दाहाल–नेपाल समूहमा छन् ।-देवेन्द्र किशोर

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार