न्यूज व्यूरो –   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रदेशसभा पनि विघटन हुनसक्ने बताएकी छन् ।सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले केन्द्रमा देखिएको राजनीतिको प्रभाव प्रदेश सभामा पनि देखिएकाले नेपालको संविधान र प्रदेशको कानुन अनुसार प्रदेशसभा विघटन हुन सक्ने सम्भावना रहेको बताइन् ।

पूर्वकानुनमन्त्रीसमेत रहेकी उनले प्रदेशसभा सञ्चालन र विघटनको अधिकार प्रदेशमा रहेको बताइन् ।प्रतिनिधिसभा विघटन भएपछि वर्तमान सरकार कामचलाउ बनेको बताउँदै उनले कामचलाउ बनेको सरकारको काम कारवाही सहज रुपमा अघि बढाउन प्रधानमन्त्रीले मन्त्रीमण्डल विस्तार गरेको बताइन् ।

संसद् विघटन संविधानमा स्पष्ट रुपमा उल्लेख नभए पनि ताजा जनादेशमा जानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय गरेको उनले बताइन् । यो विधिसम्मत भएको पनि उनले दाबी गरिन् ।

मन्त्री तुम्बाहाङ्फेले तोकिएको मितिमा चुनाव गराउन सरकार लागिपरेको बताइन् । ‘तोकिएको मितिमा चुनाव हुन्छ, त्यसका लागि आवश्यक सबै तयारी हुदैछ,’ उनले भनिन्, ‘चुनाव हुने विषयमा शंका नगर्दा हुन्छ ।’

सरकार काम चलाउ भइसक्यो : मन्त्री तुम्बाहाङ्फे

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले सरकार काम चलाउ भइसकेको बताएकी छन्।

विराटनरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले प्रतिनिधिसभा नरहेको अवस्थामा वर्तमान सरकार काम चलाउ भइसकेको बताइन्।

उनले संविधानअनुसार प्रधानमन्त्री कामचलाउ भएको कारण सबै मन्त्रीहरु पनि कामचलाउकै अवस्थामा रहेको उनले बताइन्।

यद्यपि, खाली रहेको मन्त्रालयमा मन्त्री नियुक्ति गर्न भने प्रधानमन्त्रीलाई संवैधानिक अड्चन नरहेको तुम्बाहाङ्फेको जिकिर छ। -दिपेश कार्की बिराटनगर

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार