न्यूज व्यूरो- चन्द्रगढी। नेकपा प्रचण्ड–नेपाल समूहको आज बसेको स्थायी कमिटी बैठकले गण्डकी र लुम्बिनी प्रदेशको इन्जार्जको भूमिकामा हेरफेर गरेको छ। स्थायी समिटी सदस्य देव गुरुङका अनुसार मुख्यमन्त्रीसमेत रहेका दुवै प्रदेश इन्जार्जलाई हटाइएको हो।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीका शंकर पोखरेल दुवै केपी ओलीनिकट हुन्। प्रचण्ड–नेपाल पक्षले गुरुङको ठाउँमा युवराज ज्ञवालीलाई जिम्मेवारी सुम्पिएको छ भने पोखेरलेको ठाउँमा देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको छ।

त्यस्तै गण्डकी प्रदेशको सहइन्चार्जबाट किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङलाई जिम्मेवारी दिइएको छ। प्रधानमन्त्रीको संसद विघटनको कदमपछि दुई कित्तामा बाँडिएको नेकपामा प्रतिशोधको राजनीति सुरु भएको छ। दुवै पक्षले एकले अर्कालाई कारबाही गर्दै आएको छ।

जसको असर नेकपाको तल्लोस्तरसम्म पुगको छ। त्यस्तै आजैको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीको कदमप्रतिको आन्दोलनलाई थप सशक्त बनाउने निर्णय पनि गरेको छ। कोटेश्वरको पेरिसडाँडामा बसेको बैठकले यसअघि गरेको सरकारविरुद्धको आन्दोलनको विषयमा समेत समीक्षा गरेको छ।

आगामी आन्दोलनमा कसरी अघि बढ्ने भन्ने विषयमा पनि बैठकमा छलफल भएको अर्का स्थायी कमिटी सदस्य रघुजी पन्तले जनाए।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार