हल्दिवारी गाउँपालिकाले सहकारीहरुलाई भवन बनाउनको लागि ५ देखि १५ लाख सम्म अनुदान सहयोग गर्ने भएको उपाध्यक्ष डम्बरबहादुर गिरिले जय दुर्गा कृषि सहकारी सस्था लि.को १० औ साधारण सभाको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन ।

उहाँका अनुसार सहुलियत पसलहरु संचालन गर्ने त्यस्ता सहकारीले प्रक्रिया पुर्याएमा गाउँपालिकाबाट अनुदान सहयोग प्राप्त गर्ने छ्न । शिक्षा ,कृषि र पर्यटनलाई मुख प्राथमिकता दिएको हल्दिवारी गाउँपालिकाले युवाहरूलाई लक्ष्यित गरि ५ जनालाई रोजगार मुलुक तालिम दिन लागेको र सहकारी मार्फत काम गर्ने समेत गिरिले बताउनु भएको छ।

श्री जय दुर्गा कृषि सहकारीका अध्यक्ष सतेन्द्र कुमार कर्णको अध्यक्षतामा भएको १० औ साधारण सभालाई कार्यपालिका सदस्य गितादेवी भण्डारी तथा पुर्व अध्यक्ष रुद्र प्रसाद नेपाल ले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

कार्यक्रममा अध्यक्ष कर्णले अध्यक्षको प्रतिबेदन कोषाध्यक्षको प्रतिबेदन जीवन बिमली तथा लेखा समितिको प्रतिबेदन पुस्प निरौलाले प्रस्तृत गर्नु भएको थियो ।

४३८ जना सेयर सदस्य रहेको सस्थामा सेयरपुजी १९ लाख ४६ हजार १ सय रहेको सथाले ३ करोड २ लाख ६८ हजार ८४४ रुपैया को कारोबार गरेको प्रतिबेदनमा जनाईएको छ ।

सस्थाका उपाध्यक्ष पुस्तक राज नेपालले स्वागत गर्नु भएको कार्यक्रमको सहजीकरण सस्थाका लेखापाल पुस्प निरौलाले गर्नु भएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार