हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी। प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन प्रदेश १ मा पुरुष टोली छनोट गरिएको छ।

झापामा भएको प्रतियोगिताबाट २२ जना खेलाडी छनोट गरिएको बताइएको छ। छनोट प्रतियोगितामा नेपाल क्रिकेट सङ्घ (क्यान) मा आबद्ध प्रदेश नम्बर १ का १४ जिल्लामध्ये झापा, इलाम, मोरङ, सुनसरी र उदयपुर गरी पाँच वटा टीमले भाग लिएका थिए। त्यस मध्येबाट खेलाडी छनोट गरिएको प्रदेशका मुख्य चयनकर्ता लाक्पा लामाले जानकारी दिए।

सिद्धान्त लोहनी, फिर्दोस अन्सारी, दिनेश कंडेल, दीपक पासवान, शिव शंकर उराउ, मनिष थापा, राजन मगर, श्रवण यादव, अनिश श्रेष्ठ, मनोज तामाङ, ज्ञानेन्द्र श्रेष्ठ, प्रवेश कामती, नित्य कोडोरिया र सुजन थपलिया प्रारम्भिक २२ मा छनोट भएका छन्‌। यस्तै जोसेक खड्का, राकेश सोनी, सोनु मण्डल, सरोज बस्नेत, गौरव कटुवाल, विवेक मेहता, हेमन राई र प्रज्वल खत्री पनि छानिएका छन्‌। ​

प्रारम्भिक छनोटमा परेका खेलाडीलाई तीन दिन बन्द प्रशिक्षण दिइनेछ। त्यसपश्चात् अन्तिम १४ खेलाडीको छनोट गरिने छ। प्रधानमन्त्री कपमा एपीएफ क्लब ,कर्णाली प्रदेश, गण्डकी प्रदेश तथा नेपाल आर्मीको विभागीय टोलीसॅंगै समूह ‘क’ मा रहेको प्रदेश १ सहभागी हुनेछ। पहिलो खेल माघ ३ खेलाइनेछ।प्रतियोगिता माघ २ गतेदेखि काठमाडौंमा आयोजना हुन लागेको हो।-देवेन्द्र किशोर

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार