हल्दिबारी न्यूज डेक्स- चन्द्रगढ़ी । सुन्दरहरैंचा स्थित विराट भेट्रान क्लब विराटचोकद्धारा आयोजित तेस्रो प्रदेश स्तरीय खुल्ला नकआउट भेट्रान फुटबल प्रतियोगिताको उपाधी झापा भेट्रानले हात पारेको छ । शुक्रबारे खेल मैदानमा मंगलबार भएको फाइनल खेलमा झापा भेट्रानले आयोजक विराट भेट्रान क्लबलार्इ १ का बिरुद्ध ६ गोलको अन्तरले पराजित गदै उपाधि उचालेको थियो ।

प्रतिस्पर्धात्मक तथा रोचक खेलको पहिलो हाफको १५ औं मिनेटमा झापाका जर्सि नम्बर ८ का नरेन लिम्बूले पहिलो गोल गरेका थिए । खेलको २६ मिनेटमा झापाका जर्सि न. १९ का मित्र वस्नेतले गोल गर्न सफल भएका थिए। झापाका नरेन लिम्बुले नै दोस्रो हाफको ४ मिनेटमा पुन अर्को गोल गर्दै आफ्नो टिमलाई सफलता पूर्वक अघि बढाएका थिए ।

प्रतियोगिताको दोस्रो हा्फको १८ औँ मिनेटमा झापाका जर्सि १६ का रमेश गुरुङले गोल गर्न सफल भएका थिए । साथै आयोजक विराट भ्ेट्रान क्लबका तर्फबाट जर्सि न १४ का प्रकाश थापाले दोस्रो हा्पmको अन्तिम समयको २५ मिनेटमा १ गोल गरि आफ्नो टिमलाई शुन्य गोलबाट बचाएका थिए । खेलको अन्तिम समयमा झापाबाट जर्सि न ८ कै नरेन लिम्बूले पुःन अर्को सानदार गोल गर्दै आफ्नो टिमलाई विजयी बनाएका थिए ।

राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथमा भएको प्रतियोगितामा झापा भेट्रानले आयोजक विराट भेट्रान क्लबलाई खेल अवधी भरि कडा दवावमा राखेको थियो । थुप्रै सुनौलो गोल गर्ने अबसर गुमाएको विराट भेट्रानले झापा भेट्रानलाई पाखा लगाउँन खोजेपनि पटक पटक गोल लगाउने प्रकृयाबाट भने असफल बनेको थियो ।

विजयी हुने प्रथम टिम झापा भेट्रानले नगद रु ५१ हजार १ सय ११ रुपैयाका साथमा ट्रफि मेडल र प्रमाणपत्र हात पार्न सफल भएको थियो । दोस्रो हुने विराट भेट्रान क्लब विराटचोकले नगद रु ३० हजार ३ सयका साथमा ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

खेलमा विराट भेट्रानका प्रकाश थापा म्यान अफ द म्याच घोषीत भए । माघ २ गते देखी ६ गते सम्म भएको फुटबल प्रतियोगितामा प्रदेश १ भरिका विभिन्न भेट्रान क्लबहरुले सहभागिता जनाएका थिए । समापन खेलको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख शिवप्रसाद ढकालले गरेका थिए ।

फुटबल प्रतियोगिताको कार्यक्रम संचालन समीर वस्नेतले गरेका थिए भने आयोजक समितिका अध्यक्ष युवेन्द्र गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।-देवेन्द्र किशशोर

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार