हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी/नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीलाई अभिनन्दन गरिएको छ । सुरुङ्गा जेसीजले आफ्नो १२औँ पद हस्तान्तरण तथा उत्कृष्ट नागरिक सम्मान कार्यक्रमका अवसरमा जेसीजसहित स्थानीय एक दर्जन बढी सामाजिक सङ्घसंस्थाबाट क्रिकेटर क्षेत्रीलाई अभिनन्दन गरेको हो ।

झापा जिल्लालाई कर्मथलो बनाएर क्रिकेटबाट देशकै नाम चिनाउन सफल भएको भन्दै क्षेत्रीलाई अभिनन्दन गरिएको हो । रुविनालाई नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनाल, झापा क्षेत्र नं ४ का निवर्तमान सङ्घीय सांसद एलपी साँवा लिम्बू, प्रदेशसभा सदस्य हीरा थापालगायतले अभिनन्दन गरेका थिए ।

झापाको मेचीनगर–१० निवासी क्षेत्रीले खेल क्षेत्रको माध्यमबाट देश–विदेशमा समेत पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मानस्वरूप नौमती बाजासहित अभिनन्दन गरिएको थियो । सुरुङ्गा जेसीजबाट पाएको यो सम्मानले खेल क्षेत्रमा थप ऊर्जा मिलेको क्रिकेटर क्षेत्रीले बताइन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार