विश्वमा धेरै बलिया र अनौठा डिजाइनका घरहरु छन् । धेरैले घर बनाउँदा भूकम्पले असर नगर्ने बलियो घर बनाउने गर्छन् । तर जतिनै बलियो घर भएपनि भूकम्प वा बम बलास्ट भएमा भत्किने गर्छ । तर पोल्याण्डमा यस्तो घर पनि छ, जुन निकै बलियो छ ।

यो घरलाई भूकम्प मात्र होइन परमाणु बमले समेत प्रभाव पार्दैछ । पोल्याण्डको राजधानी वार्सामा बस्ने एकजना व्यक्तिले बनाएको उक्त घर परमाणु बमले समेत कुनै असर गर्न नसक्ने दावी पनि गरिएको छ ।पोल्याण्डको चर्चित आर्किटेक्चर र्फम केडब्ल्यूके प्रोम्ससँग सम्पर्क गरेर आफुलाई अधिकतम सुरक्षित घर चाहिएको बताए । उनले भने अनुसार कम्पनीले निकै बलियो घर बनाइदियो । जुन घरलाई लिएर ती व्यक्ति मात्र होइन अहिले संसार नै चकित छ ।

केडब्ल्यूके प्रोम्सले उक्त घर बनाउने कुरालाई एक चुनौतिको रुपमा लिए र माग भन्दा पनि बढि सुरक्षित घर बनाए । यो घरको अनौठो बिशेषता छ ।घरमा रहेको एक बटन दबाउँने बित्तिकै यो घर तल९माथि, अघि९पछि सबैतिरबाट कंक्रिटका पर्खालले बन्द हुने गर्छ । यो घर एकपटक बन्द भएपछि लाखौँ कोसिस गरेपनि कोही भित्र छिर्न सक्दैन । यदि बन्द भएपछि घरभित्र छिर्न परेमा दोश्रो तल्लामा बनेको पुलको प्रयोग गर्नुपर्छ ।

त्यो पनि ती घरका व्यक्तिले चाहेमात्र । यस घरको भित्री दृश्य पनि निकै सुन्दर छ । घरबाहिर एक स्विमिङ्ग पुल र धातुको शटर पसनि रहेको छ । यो घर पूर्ण रुपमा बन्द हुँदा परमाणु बमले पनि नछुने बताइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार