काठमाडौं, १४ माघ । सर्वोच्च अदालतले १ अर्ब ४ करोड रुपैयाँ राजश्व ठगी प्रकरणमा फसाइएका बाराका उमाशंकर रायभरलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । आज न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र सपना मल्ल प्रधानको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

रायभर हाल नख्खु कारागारमा छन् । यसअघि पाटन उच्च अदालतले १९ फागुन २०७७ मा उनलाई ७५ हजार रुपैयाँमा धरौटीमा छाड्न आदेश दिएकोमा तिर्न नसकेपछि कारागारमै रहेका थिए ।

जागिरको प्रलोभनमा उमाशंकर रायभरको नागरिकता लिई सर्लाहीका सरोजकुमार मिश्रले हस्ताक्षर र ल्याप्चेको दुरुपयोग गरी विभिन्न कम्पनी खोलेर राजश्व छलेका थिए । मिश्रसहित १७ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा चलाइएको थियो । रायभरले मात्र २८ करोड ठगी गरेको अभियोग थियो ।

उमाशंकरका तर्फबाट २५ हजार धरौटी जम्मा गरेपछि उनी आइतबार छुट्ने बुझिएको छ । ठगको फन्दामा परेर जेल परेका उमाशंकरलाई छुटाउन रकम जुटाउन उनको परिवार लागिपरेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार