हल्दिवारी ,झापा -११ फाल्गुन । नेकपा एमाले झापाले विभिन्न तहमा जिम्मेवारी तोकेको छ । जिल्ला कमिटीको बैंककले हल्दिवारीका ५ युवा नेताहरूलाई विभिन्न जिम्मेवारी समेत तोकेको जिल्ला सचीव शिव ढुङ्गेलले जानकारी दिनु भएको छ ।

सचिव ढुङ्गेलका अनुसार हल्दिवारी गाउँपालिका उपाध्यक्ष तथा युवा नेता डम्बरबहादुर गिरिलाई निर्वाचन क्षेत्र नम्बर ३ को सचीवको जिम्मेवारी दिईएको छ ।

त्यस्तै जिल्ला सदस्य नरेश चुडाललाई हल्दिवारीको इन्चार्ज तोकिएको छ भने छविलाल चुडाललाई निर्वाचन क्षेत्र नम्बर ३” ख ” को संयोजक तोकिएको छ ।

सचीव ढुङ्गेलका अनुसार जिल्ला सदस्यहरु धनकेशर बस्नेत र ललिता बस्नेतलाई हल्दिवारी सह- इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार