कहिले काहि बलिउड कलाकारहरुले यहाँको नेपाली भाषा बोलेर होस या नेपाली टोपी लगाएर सम्मान ब्यक्त गर्ने गरेका छन् । उसो त दुई देश बीच भाषा, धर्म, संस्कृति लगभग मिल्दो जुल्दो रहेको छ । त्यसैले पनि एक अर्काको सिको र सम्मान गर्नु सामान्य नै हो । यसैक्रममा लिजेन्ड बलिउड एक्टर अमिताभ बच्चनले नेपाली ढाकाटोपी लगाएर नेपाल र नेपाली प्रति सम्मान प्रकट गरेका छन् ।

उनले ढाकाटोपी लगाएको आफ्नो तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेका छन् । फोटोको क्याप्सनमा उनले ‘केटी को‘ केटी को‘’ लेखेका छन् । तस्वीरमा उनले कैलो कलरको कोट पनि लगाएका छन् । उनी अहिले चलचित्र उचाईको शुटिंगमा ब्यस्त रहेका छन् । हाल यो चलचित्र भारतको उत्तराखण्डमा शुटिंग भईरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

यहि फिल्मको शुटिङका क्रममा उनले नेपाली ढाका टोपी लगाएको सञ्चारमाध्यमहरुले जनाएका छन् । बलिउड चलचित्र उचाईको केही दृश्यहरु नेपालमा शुटिंग भएको थियो । त्यतिबेला अनुपम खेर, परिणीति चोपडा लगायतका कलाकारहरु नेपालका बिभिन्न ठाउँमा फिल्म शुटिंगका लागि आएका थिए । त्यतिबेला अमिताभ पनि नेपालमा आउने भनिएको थियो तर अस्वस्थताका कारण आउन पाएका थिएनन् । हाल उनले पोष्ट गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको तस्वीरले हालसम्म ३ लाख २३ हजार भन्दा बढी लाइक्स पाईसकेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार