कमला भट्टराई/ हल्दिबारी न्यूजब्यूरो
भद्रपुर फागुन २४/नेकपा माओवादी केन्द्रले रङ्गेली नगरपालिकाका मेयर दीलिप अग्रवाललाई पार्टीबाट निष्काशन गरेको छ । अग्रवाल एमाले प्रवेश गर्ने तयारीमा छन् ।

उनलाई पार्टी प्रवेश गराउनका लागि केपी शर्मा ओली बुधबार रङ्गेली आउँदै छन् । विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रले अग्रवाललाई फागुन १५ गतेबाट पार्टीको साधारण सदस्यता खारेज गर्दै पार्टीबाट निष्काशन गरेको जानकारी दिएकाे छ ।

माओवादी केन्द्र प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले जारी गरेकाे विज्ञप्तिमा पार्टीको आचरणविपरीत काम गरेका कारण अग्रवालको साधारण सदस्यता पनि खारेज गरेको उल्लेख छ ।पालिका प्रमुखबाट निष्काशनका लागि पार्टी केन्द्रीय कार्यालय माप निर्वाचन आयोगमा सिफारिस गरेको उनले जानकारी दिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार