न्यूज ब्यूरो भद्रपुर फागुन २५/ एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको पार्टी भ्रमको गोलो भएको बताएका छन् । रङ्गेलीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘प्रचण्डको पार्टी पार्टी होइन भ्रमको गोलो हो, त्याग गरेर एमालेमा आउनुहोस् ।’ सुकेको रूखको कुरा गर्न आवश्यक नरहेको बताए । उनले भने, ‘पात मात्रै झरेको छैन रूख नै सुकेको छ ।’काङ्ग्रेसको बुढो रूख बचाउन निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको उनकोे आरोप छ । उनले हरियो रङ नभई रातो रङ राख्न आग्रह गरे ।

मतपत्रको रङका बारेमा आयोगको निर्णय काङ्ग्रेसतिर झुकेको बताउँदै उनले सच्याउन आग्रह गरे । माधव नेपालले पार्टी छाडेपछि हाइसन्चो भएको उनले बताए । केही व्यक्तिले पार्टी छाडे पनि एमाले पार्टी झन् बलियो भएको उनले बताए । देशमा विकासको लहर एमालेले चलाएको बताउँदै उनले जनताले न्याय दिनुपर्ने धारणा राखे । एमालेले विकासको नेतृत्व गर्छ ः बगडिया माओवादी त्यागेर एमाले प्रवेश गरेका मोरङको रङ्गेली नगरपालिकाका मेयर दिलीपकुमार बगडिया (अग्रवाल)ले एमालेको नेतृत्वमा मात्रै मुलुकमा विकास सम्भव भएको बताएका छन् ।

एमालेले बुधबार रङ्गेलीमा आयोजना गरेको जनसभामार्फत उनी एमाले प्रवेश गरेका हुन् । कुनै राजनीतिक सहमति र स्वार्थ नभइकन विकासको नेतृत्व गर्न सक्ने एकमात्रै दल भएकाले आफूले एमाले प्रवेशको निर्णय लिएको बगडियाले बताए । उनले रङ्गेलीमा भएको विकास निर्माणको कामलाई नगरबासीले समीक्षा गर्ने पनि बताए । आफू मेयर भएर आएपछि पूर्व–पश्चिम हुलाकी राजमार्ग विस्तारमा ठूलो सहयोग गरेको दाबी उनको छ । नगरको विकासका लागि अझै धेरै काम गर्न बाँकी रहेको भन्दै बगडियाले प्रदेशको ध्यान आकर्षण गराएका छन् ।

मेयर बगडिया, उपमेयर केशवकुमारी खराल, रङ्गेली–१, ५ र ७ नम्बर वडाका वडाध्यक्षलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताले पार्टी प्रवेश गराएका हुन् । उनीहरू २०७४ सालको स्थानीय निर्वाचनमा माओवादीबाट निर्वाचित बनेका थिए । विभिन्न दल परित्याग गरेका चार हजार सात सय १० जनालाई पार्टीमा प्रवेश गराइएको एमालेले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार