हल्दिवारी ,झापा / नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभएको छ । झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा आयोजित नेपाल आइस पाँचौँ झापा गोल्डकपको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको हो । “मुलुक निर्वाचनमा प्रवेश गरिसकेको छ,” उहाँले भन्नुभयो,

“आचारसंहिताको पूर्णपालना गर्र्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र परदर्शी बनाउन आग्रह गर्छु ।” दुई महिनाभित्र निर्वाचन सम्पन्न हुने बताउँदै उहाँले नेपाल अनुशासित लोकतान्त्रिक पद्धति र प्रगतिको मार्गमा अघि बढिरहेको सन्देश विश्वलाई दिनुपर्ने उल्लेख गर्नुभयो । “जीतहार एउटा पाटो हो,” उहाँले भन्नुभयो, “परस्परमा हार्दिकता राखेर चुनाव सम्पन्न गर्नुपर्छ ।”

नेता सिटौलाले खेलकुदको विकासमा सबै राजनीतिक दल, सङ्घसंस्था लाग्नुपर्नेमा पनि जोड दिनुभयो । डोमालाल रङ्गशालाको संरक्षणमा सबैलाई जुट्न आग्रह गर्दै उहाँले यसका लागि स्थानीय तहले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा रङ्गशालाका लागि जग्गादान गर्ने डोमालाल राजवंशीको परिवारलाई सम्मान गरिएको थियो । फाइल फोटो

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार