यही मङ्सिर-४ गते निर्वाचन हुनेगरि घोषणा भई सकेको छ। सबै मतदाताहरूलाई कौतुहल पनि छ, बिगत २०४८ साल देखि २०७४ साल सम्म कुन कुन पार्टीबाट निर्वाचित भए , निर्वाचित सासदहरू आफूलाई उमेदवारको सिफारिस गर्ने पार्टीमा निरन्तर काम गरि रहेका छन वा छैनन, यी बिषयहरू पनि प्रमुख बनेर आएका छन, निर्वाचित सासदहरूले यस क्षेत्रको स्थायित्व र बिकासका लागि कस्ता कस्ता योजनाहरू ल्याए, कति काम गरे भन्ने पनि कौतुहल नै छ। निर्वाचित सासदहरू को को हुन, कति सालमा निर्वाचित भ्एका थिए , निर्वाचित भएर देखिने काम के गरे ? म आफैंले प्रष्ट्याउन खोजेभने राजनीतिक ओतप्रोत बाट लेखिएको हो भन्ने पनि लाग्न सक्छ, त्यसैले देखिने गरि भएको र नभएको मात्र लेख्ने कोशिष गरेको छु।
१ ) प्रजातन्त्र प्राप्तिपछि पहिलो निर्वाचन २०४८ मा भएको थियो, निर्वाचनमा नेकपा एमालेको तर्फबाट राधाकृष्ण मैनाली बिजयी बनेका थिए, उनले देखिने गरि गरेको काम चाहि हाल उनि आफूलाई उमेद्वार बनाई बिजयी बनाउने मतदाताहरूलाई चट्ट छाडेर पार्टी नै परित्याग गरेका छन।
२ ) २०५१ सालको मध्यावधि निर्वाचनमा नेकपा एमालेको तर्फबाट देबि ओझा बिजयी बनेका थिए, उनले पनि देखिने गरि गरेको काम चाहि हाल उनी आफूलाई उमेद्वार बनाई बिजयी बनाउने मतदाताहरूलाई चट्ट छाडेर पार्टी नै परित्याग गरेका छन।
३ ) २०५६ को निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट नरेन्द्र नेम्वाङ्ग बिजयी बनेका थिए, उनले देखिने गरि गरेको काम काकरभिट्टा बाहुण्डागी सडक खण्डमा पर्ने राईसिङ्ग नदिको पुल र धुलाबारी चन्द्रगढी सडक खण्डमा पर्ने हडिया नदिको पुल बनाएका थिए।
४ ) २०६४ को निर्वाचनमा माओवादीका धर्म घिमिरे निर्वाचित भएका थिए, उनले देखिने गरि गरेको काम चाहि २०७० को निर्वाचनमा यस क्षेत्रमा निर्वाचनमा भाग लिन नसक्ने बनि अर्को निर्वाचन क्षेत्रमा गई उपबिजेता बनेका थिए।
५ ) २०७० को निर्वाचमा नेकपा एमालेको तर्फबाट रविन कोईराला बिजयी बनेका थिए, उनले पनि देखिने गरिको कुनै काम गर्न सकेनन, २०७७ पौष ५ को र २०७८ जेठ ८ को संसद बिघटन पछि ,संसद बिघटनको बिरोधमा समावेश भएका कोइराला बैगुनि केटाको दर्जा पाई  बिचारलाई हैन चुनाव चिन्ह सुर्यलाई प्रमुख ठानि पुन: नेकपा एमालेपार्टीमा नै फर्किएका छन।
६ ) २०७४ को निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको एकिकरणमा नेकपाको तर्फबाट राम कार्की उमेद्वार बनि बिजयी बनेका थिए, उनले पनि देखिने गरि गरेको काम चाहि पार्टी एकिकरण हैन, सर्वोच्च अदालतको निर्णयले पुरानै पार्टिमा फर्कने भन्दा केही देखिएको छैन।
उप बिजेता सांसदहरू पनि त्यही पार्टीमा नै छन वा छैनन त्यो पनि महत्वपुर्ण मानिन्छ। त्यसैले याहा स-बिस्तार गर्ने कोशिष गरेको छु।
=२०४८ का उपबिजेता चक्रप्रसाद बास्तोला स्वर्गिय भई नेपाली काङ्ग्रेसको चारतारे झण्डा ओढाएर बैकुण्ठमा बास पाउनेगरि पुनर्जन्म नभए सम्मका लागि बिदा भएका छन।
=२०५१ का उपबिजेता गोपालकुमार बस्नेत नेपाली काङ्ग्रेसको तर्फबाट केही अघाडी राष्ट्रियसभा सांसद बनेका छन।
=२०५६ का उपबिजेता नेकपा एमालेका पुष्प पोखरेल थिए , हाल उनी काहा के गर्दैछन, चर्चामा आएका छैनन, उनी पार्टिमा नै जिम्मेवारी लिएर बसेका छन वा छैनन, एमाले पार्टीले नै जान्ने बिषय हो। उनको सकृय संलग्नता कही देखिदैन।
=२०६४ को निर्वाचनमा नेपाली काङ्ग्रेसका नरेन्द्र बिक्रम नेम्वाङ्ग हुन  हाल उनी नेपाली काङ्ग्रेस भित्र  नै छन, बृद्ध भएको कारण कुनै जिम्मेवारीमा छैनन।साथै सल्लाहकारको भूमिका निर्वाह गरिरहेका छन।
=२०७० र २०७४ को उपबिजेता बिश्वप्रकाश शर्मा हुन, हाल उनी पार्टीको कुन जिम्मेवारीमा छन, यो क्षेत्रको बिकास र क्षेत्रवासी मतदाताका लागि के गरिरहेका छन,स-बिस्तारमा लेख्ने कोशिष गरेको छु।
बिश्वप्रकास शर्मा २०७०सालको निर्वाचन पछि यही क्षेत्रमा निरन्तर खटि रहेका छन, उनी भन्छन म मेचि नदी र निन्दा नदीको किनारको व्यक्ति ,म जाहा जन्मे, हुर्के, बढे ,पढे, मेरा माता र पिताजीलाई त्यही निन्दाको किनारमा अन्त्येष्ठी गरे, मैले राजनीतिलाई प्रमुख बिषय बनाएर समाजसेवामा नै तल्लिन भएको छु,
बाह्रौ महाधिवेशनमा झापा जिल्ला सभापतिमा छयालिस प्रतिशत मतका साथ उपबिजेता बनेपछि राजनीतिमा इमानदार प्रस्तुत गर्नु आजको आवाश्यक्ता ठानि पार्टीको सङ्गठनमा निरन्तर लागि रहे, तेह्रौ महाधिवेशनमा  झापा जिल्लामा आफ्नै प्रतिद्वन्दि मानिएका उद्धव थापालाई नेका झापाको सभापतिमा सर्वसम्मत गराएर उनी केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए, बिश्वप्रकाश पच्चिसजना निर्वाचित केन्द्रीय सदस्यमा चौधौं स्थानमा बिजयी भए पश्चात पार्टी सभापतिले प्रवक्ताको जिम्मेवारी प्राप्त गरेका थिए, उक्त जिम्मेवारीलाई कुशलता पुर्वक सम्पन्न गर्दे लगेपछि प्रचारप्रसार बिभाग प्रमुख पनि बनाईयो, देशभरि दौडाहा गरे सङ्गठनलाई चुस्त दुरूस्त पार्न सफल बने, कृयशिल सदस्यहरूको नामावली देखि सबै पार्टीको कामहरू कम्प्युटर सिस्टममा लगियो,  यी कामहरूले उनीलाई थप उर्जा थपियो, देशै भरमा हरेक हिसाबले पीडामा रहेका व्यक्तिहरूको यथार्थ चित्रण भएको कार्यक्रम #ऐना# मार्फत देखाउने प्रयास गरे पछि उनी झन चर्चामा आएका छन,
नेपाली काङ्ग्रेस चौधौं महाधिवेशनको तयारी गरिरहेको थियो, नेताहरूले अलग/अलग दुई वोटा शसक्त टिम बनाएर महाधिवेशनमा भाग लिदै गर्दा,  उनी उक्त दुवै टिममा पर्न सकेनन, त्यसैले चौधौं महाधिवेशनमा आई पुग्दा,२०७८|०५|२४ मा महामन्त्री मा उठ्ने निधो गरि २०७८|०६|०३ गते सम्बिधान दिवसको दिन पारेर झापाको अग्रसेन भवनमा बिशाल कार्यकर्ताको भेलामा,
#हिजो राजनैतिक परिवर्तन#
#अब राजनीतिमा परिवर्तन#
१,एकपटक राष्ट्रपति
२,दुईपटक प्रधानमन्त्री
३,तीनपटक मन्त्री
४,चारपटक सासंद
समेत गरि चौबीस बुँदे अवधारणा पत्र प्रस्तुत गर्दै महामन्त्री पदमा उमेद्वारी दिने घोषणा गर्नु भएका मेचिनगर:-९ निवासी बिश्वप्रकाश शर्मा सरल, स्वभावका धनि, प्रखर वक्ता योजनाकार पनि हुनुहुन्छ, आम कार्यकर्ताको माझ साथै आम मतदाताको मन मष्तिष्कमा बस्न सफल व्यक्ति एक इमानदार नेता हुनुहुन्छ, कालोलाई कालो भन्न न हिचकिचाउने नेताको रूपमा परिचित हुनुहुन्छ, नेपाल को सत्तहत्तर जिल्ला को जानकार राख्नुहुने एवम बिदेशमा भएका नेपालीहरूको बिच लोकप्रिय नेताको छवि बनाउनु भएको छ। शेखर कोइरालाको टिमबाट गगनकुमार थापा र मिनेन्द्र रिजाल महामन्त्रीका उमेदवार थिए भने, शेरबहादुर देउवाको टिमबाट प्रकाशशरण महत र प्रदीप पौडेल थिए, उनको बिजयी बन्ने आधार नै थिएन, पदमा रहेर सतहत्तर जिल्लामा कामगरेको आधारमा उनी उमेद्वार बने अन्तत १९८४ मत ल्याई बिजयी बन्न सफल पनि बनेका थिए। उनि नेपाली काङ्ग्रेस भित्र जसरी काठमाण्डौं महानगर पालिकाकोमेयरमा “बालेन्द्र”  बिजयी भए त्यसरी नै नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा केन्द्रीय महामन्त्रीमा बिजयी बनेका हुन।
सङ्घीय संसदमा उपबिजेता भएर पनि बिजेता भन्दा धेरै काम गर्न सफल बनेका छन, उनीले सना ठूला गरि धेरै कामहरू गर्न सफल बनेका छन, उनले गरेका कामहरू यसप्रकार छन
१) यो क्षेत्र हात्ती प्रभावित क्षेत्र भएपनि त्यस्को निराकरणकालागि बिजयी उमेद्वारहरूले केही काम नगरेको र मन्त्रालयमा बर्षौदेखि थन्काइएको फाइल खोजी धुलो टकटक्याउदै सोलार फिन्सिङ्ग तार जडान गरि क्षति न्यनिकरणमा मद्दत पुर्याउनु भएको छ।
२) २०७० को निर्वाचनको समयमा यो क्षेत्रलाई जोड्ने रिङ्गरोडको सर्वे गराएर नेपाल सरकारको रातो किताबमा पार्न सफल हुनुभएको छ,
३) २०७२ असोज ३ गतेको सम्बिधान घोषणा पछि नेपाल सात प्रदेश र सात सय त्रिपन्न स्थानीय तहको ब्यबस्था भएपछि २०७४ को निर्वाचनमा निर्वाचन क्षेत्र परिमार्जन भई थप भएकोले निर्वाचन क्षेत्र जोड्ने रिङ्गरोडमा थप सर्भे गराई रातो किताबमा समावेश गर्नुभएको छ।
४) भद्रपुर -१० कि सिसम मार्दी +2 Law faculty पास गरेर गरिवीको कारण पढ्न नसकि घरमै बसेकी सिसमलाई काठमाण्डौको एक कलेज मा लगि खाना बस्न र पढ्न निःशुल्क गराएर एक गरिव परिवार त्यस्मा पनि महिला सतारजातिको चेलीलाई उद्धार गर्नु भएको छ। जुन कारणले सतार जातिमा खुशी छाएको छ।
५) नेपाली काङ्ग्रेसको सरकार हुदा राजधानी जाने पूर्व-पश्चिम राजमार्गको बैकल्पिक मार्गको रूपमा चुरेमार्गको ब्यबस्था गरि कार्य भइरहेको थियो। २०७४ मङ्सिर महिनामा भएको निर्वाचन पछि,त्यही चुरेमार्गलाई नेकपा केपी ओलीको सरकारले मदन भण्डारी मार्गको नामकरण गरेको थियो। करिब एकचालिस महिना नबित्दै आफ्नो सङ्घिय सरकारबाट आफ्नै अकर्मण्यताले बाहिरिनु परेको इतिहास बनेको छ। केपी ओलीको सरकारले उक्त मार्गको नामकरण मदन भण्डारी मार्ग नामकरण गरेको थियो, मदनभण्डारी मार्गको मेचेडाॅगी देखि पाटापुर सम्मको काममा ढिलाई भईरहेको थियो। ओली सरकारबाट बाहिरिए संगै पाँचदलीय गठबन्धनको सरकार हुदा बिश्वप्रकाश शर्माले करिब चार महिनासम्मको निरन्तर प्रयास पछि यही २०७९ भाद्र २० गते टेण्डर आह्वान गर्न सफल बनेका छन। उनकै पहलमा निर्वाचन क्षेत्र रिङ्गरोडकोलागि पनि चाँडै टेण्डर आह्वान हुने समेत बुझिएकोछ।
६) मेचिनगर-१४ कि सन्थाल समुदायकी श्रमिक महिला लक्खी मर्डिको आगलागीबाट घर जलेर खरानी भएको थियो, अलिकति धन, अलिकति मन र अलिकति श्रमदानमा, उनी बस्ने नयाँ घर निर्माण गरि हस्तान्तरण गर्नु भएको छ।
७) मेचिनगर-१ मा अवस्थित मिनिमाउण्टेनमा झोलुङ्गे पुलको लागि दशलाख निकासा गराई काम पुरा भएको छ।
८) स-साना पुल,मन्दिर निर्माण आदिमा सहयोग, साथै औषधि उपचार नपाएकाहरूलाई उपचार गराईरहनु नै भएको छ,
अहिले आएर बिपक्षिका साथीहरूले पनि बिश्वप्रकाश शर्मालाई मतदान गर्ने भन्ने सुन्नमा आउछ तर बिपक्षीकै साथीहरूले बिश्वप्रकाश शर्माले जित्ने निश्चित भए पछि यस्तो अफवाह फैलाई रहेको पाइन्छ,
“नारायण सर ,तपाईकाे कुरा जायज छ ।विश्व दाइ हामीलाइ एकदम चाहिएकाे मान्छे हुन  र उन्मा अग्रगामी साेच पनि छ । तर मियाे त देउवा नै हुन उन्काे जीत भनेकाे देववाकाे जीत हाे । अनि हामीले फेरि राले प्रधानमंन्त्री बाेक्ने?”
२०७७ पौष-५ र २०७८ जेठ-८ को संसद बिघटन पछि परमादेशे सरकार भनिरहेका छन, तर त्यही परमादेशबाट पुन सासंद पद ब्युतिएर राष्ट्रको ढुकुटीबाट ठूलो धनराशि तलब र भत्ता हामीले खाँदै आएका छौ भन्न नसक्नेले “परमादेशे सरकार”भन्न मानव नै हुन भने अलिकति लाज सरम लाग्नै पर्ने हो।एमालेको भाषामा परमादेशबाट संसद ब्युतिए पछि त्यो समयको तलब भत्ता खाएको रकम राष्ट्रलाई नै फर्काउने ऑट छ ? प्रश्न उठेको छ, जिम्मेवारी छैन।
त्यसैले बिपक्षीका साथीहरूले गरेको यस्तो सस्तो बिज्ञापनलाई चिर्न जरुरी छ, कति पार्टी परित्याग गर्ने, नामै नसुनेका निर्वाचनमा पाहुना बनेर आउने साथै आफ्नै पार्टीले गरेको गलत कामको बिरोध गरि बैगुनी केटाको दर्जा पाएकालाई अब पनि हामीले बिजयी बनाई दिनु पर्ने ? भनेर बिपक्षीका नेता कार्यकर्ताहरू नै भन्छन र उनीहरूमा चिन्ता छ,अब हामी अल्मलिनु हुदैन, यो क्षेत्रको बिकाशका लागि बिश्वप्रकाश शर्मा मात्र बिकल्प हुन, त्यसैले नेपाली काङ्ग्रेसको चुनाव चिन्ह  रूख मा स्वस्तिक छाप लगाई बिजय निश्चित बनाउने छौ भनिरहेका छन।
त्यसैले बिश्वप्रकाश शर्मा यो क्षेत्रको मात्र हैन देशकै गहना हुन ,चिन्न नसकेको कोहिनुर हुन, अझ झापा क्षेत्र नम्बर १ का लागि कस्तुरी हुन,भोलिको नेपाली काङ्ग्रेसको पार्टी सभापति एवम प्रधानमन्त्री बन्ने सपना बोकेर दिनदुखीका लागि रात दिन खट्ने एक योद्धा पनि हुन, निर्वाचन प्रचार प्रसारको क्रममा बिपक्षीलाई गालीगलौचको भाषा प्रयोग नगरि शालिनता देखाएका छन, त्यो असल संस्कारलाई हामीले चिन्नै पर्छ, त्यसैले मङ्सिर-४ गते हुने मतदानमा नेपाली काङ्ग्रेस सङ्घीय संसदका उमेद्वार बिश्वप्रकाश शर्मालाई चुनावचिन्ह “रूख” मा स्वस्तिक छाप लगाई अत्याधिक मतले बिजयी बनाउन क्षेत्र नम्वर १ का आदर्णिय मतदाता आमा,बुबा दाजुभाइ र दिदीबहिनीहरू साथै यो बर्ष मात्र मतदानमा भागलिने युवा मतदाताहरूलाई यो क्षेत्रको भविष्यको लागि हार्दिक अपिल, आग्रह र अनुरोध गर्दछु धन्यबाद।
नारायणबहादुर बस्नेत
मेचिनगर:-८ झापा ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार