नेपालमा जनताले जनतालाई जनताद्वारा गरिने शासन प्रणाली बिकास भएको नै देख्दिन, सरकार बन्छ प्रधानमन्त्री र मन्त्री बन्छन, प्रधानमन्त्री र मन्त्री जीहरूले मन्त्रालयका सचिव र कर्मचारीहरूलाई मेरो समय यति मात्र छ, त्यो समय भित्र हामीले  यी/यी काम पुरा गर्नु पर्ने हुन्छ, ती काम पुरा गर्ने क्रममा कुन/कुन कानुन बाधक बनेर अप्ठेरो पार्छ ? त्यस्ता अप्ठेरो पार्ने ऐन कानुनहरू कुन/कुन हुन ,ती अप्ठेरो पार्ने ऐन कानुनहरूको  संसोधन गरेर अघि बढ्नु पर्छ भनेर न हिजोका कुनै प्रधानमन्त्री र मन्त्रीहरूले सचिवलाई निर्देशन दिएर भनेको हामीले सुन्न पाएनौ , मन्त्रिमण्डल गठन संगै मन्त्री बनेपछि मन्त्रालयमा जाने बित्तिकै, नयाँ मन्त्रीलाई सचिव र कर्मचारीहरूले स्वागत र मन्त्रालयको कामको बारेमा जानकारी गराएर फूलमाला र अविर लगाई स्वागत गरेको मात्र देखेका छौ।
त्यसैले अब तपाई हामीले बिगत दुईबर्ष देखि अर्थविद कटवाल संग देशको आर्थिक अवस्थालाई कसरी मजबुत बनाउन सकिन्छ , हिजो किन र कसरी श्रीलङ्का आर्थिक रूपमा टाट पल्टियो, कसरी नेपाल र श्रीलङ्काको अवस्था फरक छ, नेपालमा जातीय द्वन्द्व  नभएको र श्रीलङ्कामा बीसौं बर्ष देखि जातीय द्वन्द्वका कारण अर्थतन्त्र मा परेको असरको बारेमा मतदाताहरूलाई कसरी बुझाउने साथै नेपालको स्थिति पनि त्यस्तो त हुदैन भनेर प्रत्येक दिन कक्षा लिइरहेका छन। अबको सरकार कसरी चलाउने, सचिवले प्रधानमन्त्री र मन्त्रीलाई निर्देशन दिने हो कि, प्रधानमन्त्री र मन्त्रीहरूले  सचिवलाई निर्देशन दिने हो, यही बिरोधावासलाई चिर्नका लागि  गगनकुमार थापाले प्रोजेक्ट गभर्मेन्ट बनाई रहेको एक अनलाइन खबरले पुष्टि गरेको छ।
हामीले नेपाली काङ्ग्रेस भित्र धेरै सुयोग्य युवा नेताहरू पाएका छौ। कुशल काम गर्न सक्ने छन, तिनै सुयोग्य युवा नेताहरू मध्येबाट एक नेतालाई चुन्ने हो बिदेशबाट आयात गरेर ल्याउने होईन, त्यसैले सकारात्मक सोचका साथ अब बन्ने सरकारको नेतृत्व युवा पुस्तालाई, युवा पुस्तामा पनि गगनकुमार थापा एवम बिश्वप्रकाश शर्मालाई प्रधानमन्त्रीको उमेद्वार हो भनि चयन गरेर अघि बढ्यौ भने पक्कै नेपाली काङ्ग्रेसले एक्ला/एक्लै निर्वाचनमा गयौं भने पनि बहुमत ल्याउने सम्भावना छ, हिजो २०५६ सालमा पनि आगामी प्रधानमन्त्रीको उम्मेदवार सन्त नेता, अन्तरिमकालका सरकार प्रमुख कृष्णप्रसाद भट्टराई हो भनि निर्वाचनमा गएका थियौ, २०४८ को निर्वाचनमा २०५ सिटमा भएको निर्वाचनमा ११० सिटमा मात्र बिजयी बनि बहुमत ल्याएको नेपाली काङ्ग्रेस पुन: २०५६ को निर्वाचनमा पनि २०५ निर्वाचन क्षेत्रमा ११४ सिटमा बिजयी बनेको इतिहास साक्षी छ। त्यसैलै यी दुई युवाहरूले हरेक समस्याको समाधान गर्न सक्ने क्षमता पनि राखेका छन,
पुन: हामीले उनीहरू मध्ये एकलाई सरकार प्रमुखको जिम्मेवारीलाई सुम्पन सक्यौ भने हाम्रै पालामा नेपाल र नेपालीलाई समृद्ध बनाउन सम्भव छ, हामीभित्र रहेको सम्भावनालाई सय प्रतिशत नै योगदान गर्यौ भने असम्भव र निराशा भन्ने शब्द नै रहदैन।
अन्त्यमा नेपाली काङ्ग्रेसका जिम्मेवार पदमा रहनु भएका केन्द्रीय सभापति, दुई बरिष्ट नेताहरू, दुई केन्द्रीय उपसभापति,  सह महामन्त्रीहरू, सबै पदाधिकारी एवम केन्द्रीय सदस्यहरू एक ढिक्का भएर नेपाल र नेपालीको हित गर्न एकै ठाउँमा उभिएर “म” भन्ने शब्दलाई टाढा राख्दै हामी भित्रबाट “एक” भन्ने शब्दलाई अघि बढाएर निर्वाचनमा भागलिन जाने हो भने दुनियाँको कुनै तागतले नेपाली काङ्ग्रेसलाई हल्लाउन सक्दैन, यदि त्यसो नगरि “म” भन्ने शब्दलाई हामीभित्र बाट अघि बढायौं र निर्वाचनमा हार ब्यहोर्नु पर्ने स्थिति सृजना भयो भने चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सभापति देखि सबै नेतृत्वहरूलाई इतिहासले माफ गर्ने छैन र अबको पचास बर्ष पछिका युवाहरूले, यस्तो भएको कारण नेपाली काङ्ग्रेसले बहुमत गुमाउन पुगेको रहेछ भन्ने पढ्न पाउनेछन। यस्तो इतिहास बन्न नदिन हाम्रो मूल कर्तब्य हुनेछ। नेतृत्व यस बिषयमा सजग रहेको पाउछौ।
हिजोको दिनमा नेपालको सम्बिधान २०७२ ले दिदै नदिएको अधिकार प्रयोग गरि २०७७ साल पौष ५ गते र २०७८ जेठ ८ गतेको संसद बिघटन केपी शर्मा ओलीले गल्ती  गरेको कुरा त्यस पार्टीका पार्टी पि एम हरूले भन्न सकि रहेका छैनन, केहिले आँट गरे तर त्यस पार्टी भित्र अटाउन सकेनन र पार्टी नै परित्याग गर्न पुगे, केही बिरोध गर्नेहरू कता पट्टीको पल्ला भारी छ भनी स्वार्थ हेरि बसेका थिए, बिरोध गरि नै हाले नेतृत्वबाट बैगुनी केटाहरूको दर्जा पनि पाए ,बिचारलाई स्थगन गर्दै चुनाव चिन्हलाई प्रथामिकता दिदै पुरानै पार्टीमा फर्कि सकेका छन, मङ्सिर ४ गते हुने निर्वाचनमा उमेदवार बन्ने कुरामा बैगुनी केटाहरूलाई पाखा लाएको साथै तल झारेको एमालेको उमेदवार छनौट प्रकृयाले देखाएको छ। नेकपा एमालेले पार्टीले त्यो इतिहास बनाई  सकेको हुदा, अबका पचास बर्ष पछिका एमालेका युवाहरूले के कारण कम्युनिस्ट पार्टी तल झरेको रहेछ भनेर इतिहास पढ्न पाउने अवसर पार्टी नेतृत्वले जुराइ दिएको छ। इतिहास बनि सकेको र बन्न नदिनुमा फरक हुन्छ, हाम्रा पार्टी नेतृत्वहरूले कुशलतापुर्वक काम गर्नुहुनेछ र इतिहास बन्न दिनु हुने छैन भन्ने बिश्वास लिदै बिश्राम लिन्छु, धन्यबाद।
नारायणबहादुर बस्नेत
मेचिनगर- ८ झापा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार