शुक्रबार राति नेदरल्याण्ड र अर्जेन्टिनाबीचको रोमाञ्चक खेलमा विश्वकपका कुनै पनि खेलमा सबैभन्दा धेरै पहेँलो कार्ड देखाइएको रेकर्ड बनेको छ । सो खेलमा कूल १८ वटा पहेँलो कार्ड देखाइएको थियो ।
यसअघि पोर्चुगल र नेदरल्याण्डबीच सन् २००६ मा भएको अन्तिम १६ को खेलमा १६ वटा कार्ड देखाइएको थियो । खेलमा चारजनाले मैदान छाड्न परेको थियो । सन् २०१० को विश्वकप फाइनलमा स्पेनले नेदरल्याण्डलाई हराउँदा १४ वटा कार्ड देखाइएको थियो ।
शुक्रबारको खेलमा ८ वटा कार्ड नेदरल्याण्डका खेलाडी, ८ वटा अर्जेन्टिनाका खेलाडी र दुईवटा अर्जेन्टिनाका म्यानेजर लियोनेल स्कालोनी र प्रशिक्षक वाल्टर स्यामुललाई देखाइएको थियो । डेन्जेल डम्फ्राइजले दुईवटा पहेँलो कार्ड खाएका थिए । खेलमा १५ जना खेलाडीले कार्ड पाएका थिए, यो पनि विश्वकपमा नयाँ रेकर्ड हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1