इशान किशनको दोहोरो शतक र विराट कोहलीको शतकको मद्दतले भारतले बंगलादेशविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा जितका लागि ४१० रनको चुनौती दिएको छ ।

चिटगाउँमा खेलिएको खेलमा बंगलादेशले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको थियो । ओपनर शिखर धवनले मात्र तीन रन बनाउन सके पनि अन्य ओपनर इशान किशन र विराट कोहलीले पिचको पूरा फाइदा उठाए। दुवैले दोस्रो विकेटका लागि १९० बलमा २९० रनको साझेदारी गरे । इशान किशनले १३१ बलमा २१० रन बनाए । एकदिवसीय क्रिकेटमा उनको यो पहिलो दोहोरो शतक हो । योसँगै उनले एकदिवसीयमा सबैभन्दा छिटो दोहोरो शतक बनाउने कीर्तिमान बनाएका छन् । इशान किशनले २४ चौका र १० छक्का प्रहार गरे ।

विराट कोहलीले एकदिवसीय क्रिकेटमा शतकको खडेरी पनि समाप्त गरेका छन् । उनले ९१ बलमा ११३ रन बनाए । उनले ११ चौका र दुई छक्का प्रहार गरे । भारतीय ब्याट्सम्यानमा वासिङ्टन सुन्दरले ३७ र अक्षर पटेलले २० रन बनाए । भारतीय टोलीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ४०९ रन बनाएको छ । आजको खेलमा रोहित शर्मा खेलिरहेका छैनन् । उनको स्थानमा केएल राहुलले कप्तानी गरेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार