दक्षिण भारतीय अभिनेता दर्शन कुमारमाथि चप्पल प्रहार भएको छ । महिलामाथि आपत्तिजनक टिप्पणी गरेको भन्दै उनीमाथि चप्पलले प्रहार भएको हो ।

अहिले उनी माथि चप्पल प्रहार भएको भिडियो भाइरल भइरहेको छ । दर्शनको टिप्पणीले महिलाप्रतिको उनको कमजोर सोच देखिएको त्याहाँका जनताहरूको भनाइ छ । फिल्मको नयाँ गीत सार्वजनिक गर्न गरिएको कार्यक्रममा मञ्चमा चढेका बेला उनी माथि जुत्ता प्रहार भएको हो । चप्पल उनको काँधमा लागेको थियो । दर्शन आफ्नो फिल्मको प्रचार गर्न भारतको कर्नाटक पुगेका बेला यसतो घटना भएको हो । दर्शनले हालै भारतीय सञ्चार माध्यमसँग एक अन्तर्वार्ता दिएका थिए ।

उनले अन्तर्वार्तामा भनेका थिए, ‘भाग्यकी देवीले तिम्रो ढोका ढकढकाउँदैनन् । यदि उनले ढोका ढकढकाइन् भने उनलाई समात्नुहोस् र आफ्नो बेडरूममा लानुहोस् ।’ दर्शनको उक्त भनाइको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मानिसहरु आक्रोशित भएका थिए । त्यसपछि अक्रोसित जनताले उनी माथि चप्पल प्रहार गरेका थिए ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार