भागलपुर । भागलपुरमा ३६ इन्चको बेहुला र ३४ इन्चको बेहुलीको बिहे चर्चाको विषय बनेको छ । त्यसमा हजारौं निम्तो नगरिएका पाहुनाहरू आएका थिए।

भनिन्छ जाेडी माथीनै बन्छ र पृथ्वीमा मिल्छ । बिहारको भागलपुरमा यस्तै एक जोडीकाे यो अनौठो विवाहले सबैको ध्यान तानेको छ । यस अनौठो विवाहमा हजारौंको संख्यामा निमन्त्रणा नगरिएका पाहुनाहरू उपस्थित थिए। यति मात्र होइन, मानिसहरूले दुलहा र दुलहीसँग सेल्फी पनि खिचे र दुबैलाइ सफल दाम्पत्य जीवनकाे शुभकामना पनि दिए ।

यो विवाह निकै विशेष थियो किनभने दुलहा ३६ इन्च र दुलही ३४ इन्चको थियो । बिहेको चर्चा सबै क्षेत्रमा थियाे । बेहुला मसारु निवासी विन्देश्वर मण्डलका छोरा मुन्ना भारती २६ वर्षका थिए भने बेहुली २४ वर्षीया ममता नवगचियाको अभिया बजारका किशोरी मण्डल उर्फ ​​गुजो मण्डलकी छोरी हुन् ।

दुल्हा र दुलही भागलपुर जिल्लाका बासिन्दा हुन्। वास्तवमा यो विवाह निकै खास भयो किनकी ३६ इन्च मुन्नाले उनको जीवनसाथी पाएका थियो । ३४ इन्चको ममतासँग मुन्नाको जोडी बाँधिइ रहेको थियो भने घटनास्थलमा उपस्थित सबैले यो जोडीलाई आफ्नो क्यामेरामा कैद गरिरहेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार