झापाको बुद्धशान्ति गाउँपालिकाको १२ औं गाउँसभा अधिवेशन शुक्रबारबाट सुरू भएको छ बुध्दशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको अध्यक्षतामा बसेको गाउँसभाले आ।व।८०र८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । वार्षिक नीति तथा कार्यक्रम शंसोधन सहित सर्वसहमतिले पारित पनि भएको छ ।

गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले गाउँपालिकाको नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो । नेपालको संविधान स्थानीय सरकार संञ्चालन ऐन २०७४, बजेटका सिद्धान्त र उदेश्य दिगो विकासका लक्ष्य तथा रणनीति लगायतको विषयहरुको सैद्धान्तिक र व्यवहारिक पक्षहरुलाई आत्मसाथ गर्दै बुद्धशान्ति गाउँपालिका आम नागरिकको आवश्यता र मागलाई ध्यानमा राखि गाउँपालिका अध्यक्ष प्रसाईले १७ पृष्ठ लामो नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो ।

गाउँपालिकाले निकै लामो समय सम्म बजेटको तयारी र छलफल गरी ल्याएको नीति तथा कार्यक्रममा लोकतन्त्र प्रति पूर्ण प्रतिबद्ध ,सुशासन, गाउँबासीहरु प्रतिको उत्तरदायी प्रशासनिक कार्य, भ्रष्टाचारमुक्त सभ्य र सुसंस्कृत समाज निर्माणका लागि कर्तब्यनिष्ट भई सुदृढ ढंगले लाग्ने कुरा उल्लेख गरिएको छ ।

पालिकाले समानता र न्यायको पक्षपोषण गर्दै सबै प्रकारका भेदभाव र अन्यायहरुको अन्त्य, सामाजिक न्यायको प्राप्ति र सबैका लागि समृद्धि आफ्नो मूल नीति लिएको छ ।

नागरिकहरूको नजिकमा रहेर नागरिकलाई पुर्याउनु पर्ने शिक्षा, स्वाथ्य, कृषि,खानेपानि तथा सरसफाई, पूर्वाधार निर्माण लगायतका सार्वजानिक सेवा सुविधाको प्रभावकारी ढङ्गबाट प्रवाह गर्ने श्रम संस्कृतिको उजागर गर्दै स्थानीय विकास निर्माणमा जनताको अधिकतम श्रम सहभागिता मार्फत कम नगद लागतमा श्रममुलक योजनाहरु संञ्चालन गरिने बताइएको छ।

खोला नदि उकासमा रहेका तथा अन्य सार्वजनिक जग्गाहरुको पहिचान गरी सम्भाव्यताको आधारमा वृक्षारोपण तथा सामुहिक खेती गरी गाउँपालिकाको आन्तरिक श्रोतलाई मजबुत गर्दै लैजाने उल्लेख छ ।

संचालन हुने योजनालाई पारदर्शी र जनमुखि बनाउन हाल देखिएका समस्याहरुलाई सम्बोधन गर्न स्थानीय दररेट ढुवानी , भूमिहिन दलित सुकुम्बासी अव्यवस्थित वसोवासीहरुको समस्या समाधान गर्ने कामलाई उच्च प्राथमिकताका साथ अगाडी बढाइने बताईएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार