हल्दिबारी । सरकारले जन्मसिद्धका सन्तानलाई आज आइतबारदेखि नागरिकता वितरण शुरु गर्ने भएको छ। सर्वोच्च अदालतले बाटो खोलेपछि झापा लगायत अधिकांश जिल्ला प्रशासन कार्यालयबाट आजदेखि नागरिकता वितरण गर्ने तयारी गरेका हुन्।

महोत्तरी र सिरहाले शुक्रवारदेखि नै नागरिकता वितरण गर्न थालेका थिए । आफ्ना बाबु र आमा नेपाली नागरिक भएर पनि नागरिकता नपाएकाले लामो संघर्षपछि नागरिकता पाउने स्थिति बनेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणीकरण गरेको सो ऐन कार्यान्वयन नगर्न यसअघि दिएको अल्पकालीन आदेश बिहीबार सर्वोच्च अदालतले खारेज गरेपछि सो ऐन कार्यान्वयनमा आएको थियो ।

राष्ट्रपति पौडेलले सो विधेयक प्रमाणीकरण गरेसँगै ऐन जेठ १७ गते राजपत्रमा प्रकाशित गरिएको थियो । राजपत्रमा प्रकाशित भएको स्वतः कानुन हुने भएकाले कार्यान्वयन स्वतः हुने (परिपत्र जारी गर्न नपर्ने) प्रावधान रहेको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले पनि आजदेखी नागरिकता बितरण गर्ने जनाउदै सबै पालिकालाई परिपत्र समेत पठाएको छ। झापामा जिल्ला प्रशासन कार्यालय चन्द्रगढी तथा दमक र गौरिगन्ज इलाका प्रशासन कार्यालयबाट नागरिकता बितरण हुने छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार