बनियानी । उत्पादन, रोजगार र पुर्वाधार ः कचनकवलको विकास र समृद्धिको आधार भन्ने नाराका साथ कचनकवल गाउँपालिकाको आ.व. २०८०÷०८१ को निति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले प्रस्तुत गर्नु भएको छ । त्यसै गरि उपाध्यक्ष नवराज भट्टराइले ६३ करोड ११ लाख बराबरको अनुमानित आय समेत दास्रो गाउँसभा तथा तेस्रो अधिवेसनमा प्रस्तुत गर्नु भएको थियो । निति तथा कार्यक्रम र बजेट सर्व सम्मत पास गर्दे गाउँपालिकाको अधिवेसन सम्पन्न भएको छ ।

निति तथा कार्यक्रमका उदेश्य तथा प्रथमिक्तालाई मध्यनजर राख्दै निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । निति तथा कार्यक्रम मार्फत स्वास्थ्यसेवा अन्र्तगतका सेवाहरुलाई डुओर टु डोओर प्रोग्रामको रुपमा विस्तार गरिने एम्वुलेन्स सेवालाई सहज सेवाका रुपमा विस्तार गरिने, स्वास्थ्य विमा कार्यक्रमको पहुच र विस्तार गरि विपन्न नागरिकहरु लाई सेवाको पहुचमा ल्याउने जस्ता महोत्वपुर्ण स्वास्थ्य संवन्धि निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । त्यसै गरि बालबालिकालाई विद्यालय पठाउँ र पढाईमा लगाउ कार्यक्रम लागु गरि अभिभावक साक्षरता र सचेतना कार्यक्रम लागु गरिने, अपाङ्गता भएका बालबालिकाको पहिचान गरि विशेष शिक्षामा जोड दिई क्षमता विकास गरिने, नमुना विद्यालयमा स्वास्थ्यकर्मी सहित उपचार तथा परिक्षण केन्द्र स्थापना गरिने , शिक्षकलाई अध्यनशिल तथा अनुसंधानका लागि इलर्निङ कार्यकक्ष निर्माणमा जोड दिने, पालिका भित्र प्राविधिक जनशक्ति उत्पादनलाई प्राथमिकता दिई सवै सामुदायिक विद्यालयलाई पुर्वाधार संम्पन्न शिक्षण संस्थाको रुपमा रुपान्तर गरिने जस्ता महत्वपुर्ण कार्यक्रम शिक्षा संवन्धि महत्वपुर्ण कार्यक्रम निति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।

त्यस्तै कृषि र उद्यमी ः कचनकवलका सारथी भन्ने नारालाई साकार पार्दै कृषि योग्य भुमिको पुर्ण उपयोग गरि कृषि यान्त्रिकरणका माध्यबाट उत्पादनमा बढोत्तरी गर्ने निति कार्यान्वयनमा ल्याइनेछ । अध्यक्ष कृषि यान्त्रिकरण कार्यक्रम अन्र्तगत अनुदानमा कृषि औजार तथा यन्त्र अनुदानलाई निरन्तरता, उत्पादिन बस्तुको भण्डारणको लागि भण्डार गृह निमाण, युवा उद्यमीले संचालन गरेका कृषि उद्यमलाई सहयोग गरिनेछ, माछाको ह्याचरी स्थापनामा जोड दिइने छ जस्ता कुरालाई निति तथा कार्यक्रममा राखिएको छ ।

त्यसै गरि रोजगार तथा शिपबिकास सम्वन्धी कार्यक्रम, पर्यटन संवन्धि कार्यक्रम, उद्याग तथा श्रम संवन्धि कार्यक्रमलाई पनि निति तथा कार्यक्रममा प्राथमिक्तामा राखिएको छ । त्यसै गरि युवा तथा खेलकुद कार्यक्रम अन्र्तगत नवयुवाको जोश र ज्ञान ः कचनकवलको भविष्यको शान भन्ने नारालाई मनन गरि खेलकुद क्षेत्रको विकास, पुर्वाधारको निर्माण, सिकाई, प्रतियोगिता आदिको आयोजना निरन्तर गरिनेछ, उपाध्यक्ष कचनकवल गोल्डकप खेलकुद प्रतियोगिता कार्यक्रम संचालन गरिने छ । जस्ता महत्वपुर्ण कार्यक्रमहरु निति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।


त्यस्तै सहकारी तथा अन्य वितिय संवन्धि कार्यक्रम, सामाजिक विकास संवन्धि नितिहरु, खनेपानि संवन्धि नितिहरु, संकृति प्रवधन संवन्धि नितिहरु, पुर्वाधार संवन्धि कार्ययोजनाहरु, भवन तथा सहरि विकास संवन्धि कार्यक्रमहरु, सुचना प्रविधि तथा संचार संवन्धि नितिहरु, वन बातावरण, भुमि तथा भु संरक्षण संवन्धि कार्यक्रमहरु पनि तिनि तथा कार्यक्रममा प्रथमिकतामा राखेको पाइन्छ । त्यसै गरि सरसफाइ तथा विपद ब्यवस्था संवन्धि कार्यक्रम, सामाजिक उत्तरदायित्व संवन्धि कार्यक्रम, मानव पुँजी विकास तथा संस्थागत क्षमता विकास संवन्धि कार्यक्रम राजस्व परिचालन संवन्धि कार्यक्रम, सुसासन संवन्धि नितिहरु तथा युवा विकास संवन्धि नितिहरुलाई प्रमुख प्रथमिकतामा राखेर निति कार्यक्रम तथा बजेट तर्जुमा गरेको गाउँपालिका अध्यक्षले निति तथा कार्यक्रममा प्रस्तुत गर्नु भएको छ ।

त्यसै गरि गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले निति तथा कार्यक्रममा प्रस्तुत भए अनुसार अनुसार आर्थिक बर्ष २०८०÷०८१ को अनुमानित आय ६३ करोड ११ लाखको प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत बजे अनुसार संघिय सरकार तर्फबाट वितिय समानिकरण, सशर्त, विशेष र समपुरक अनुदान मार्फत ४० कारोड २५ लाख त्यस्तै प्रदेश सरकारको तर्फबाट वितिय समानिकरण, सशर्त, विशेष र समपुरक अनुदान ३ करोड ४६ लाख ६ हजार त्यसै गरि आन्तरिक आम्दानी १ करोड ९२ लाख, राजश्व बाडफाड संघ १० करोड ४५ लाख ९४ हजार, राजश्व बाडफाड प्रदेश ७६ लाख गरि जम्मा ६३ कारोड ११ लाखको अनुमानित आय गाउँसभामा प्रस्तुत गर्नु भएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार